एशियाली कृषि पूरातात्विक सम्पदाको संख्याले विश्वको दुई तिहाइ स्थान ओगटेको
2023-06-08 15:18:05CRI
Share with:

 

“हाल एशियामा रहेका वैश्विक महत्वपूर्ण कृषि सांस्कृतिक पुरातात्विक सम्पदाको संख्याले विश्वको कुल संख्याको दुई तिहाइ स्थान ओगटेको छ। चीनको अनुसन्धान उपलब्धि र संरक्षणात्मक अनुभवले विश्व कृषि सांस्कृतिक पुरातात्विक सम्पदाको सर्वेक्षण र संरक्षणका लागि ज्यादै मूल्यवान सहयोग दिनेछ।” ६ तारिख आयोजित सातौँ पूर्वी एशियाली क्षेत्रको कृषि सांस्कृतिक पुरातात्विक सम्पदा सम्मेलनमा सहभागी हुँदै चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत भौगोलिक विज्ञान तथा ऊर्जा अनुसन्धान कार्यालयका अनुसन्धानकर्ता मिन छिङ वनले उक्त जानकारी दिनुभएको हो। 

जुन ६ देखि ८ तारिखसम्म चच्याङ प्रान्तको छिङ युआन जिल्लामा आयोजना भएको सम्मेलनको मुख्य नारा “कृषि सांस्कृतिक पुरातात्विक सम्पदाको संरक्षण गर्नुका साथै खाद्य पदार्थ प्रणालीको सुधारको संरक्षण गरौँ” भन्ने रहेको छ। संयुक्त राष्ट्र संघअन्तर्गत अन्न र कृषि संगठन, चीन, जापान र गणतन्त्र कोरियाका पुरातात्विक सम्पदा सम्बन्धित रहेका अन्तर्राष्ट्रिय संगठनका १६० भन्दा बढी विद्वान र विशेषज्ञहरू सहभागी भएका छन्।