होन्डुरसका राष्ट्रपतिको चीन भ्रमण शुरू
2023-06-09 14:51:37CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा गणतन्त्र होन्डुरसका राष्ट्रपति आइरिस सिओमारा कास्त्रो सरमिएन्टोले जुन ९ देखि १४ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

 

राष्ट्रपति कास्त्रो तथा उहाँको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल ९ तारिख बिहान शाङहाई आइपुग्नुभएको छ।

 

होन्डुरसका राष्ट्रपतिले चीनको राजकीय भ्रमण गर्नुभएको यो पहिलो पटक हो। भ्रमण अवधिमा दुवै देशका राष्ट्रनायकले ऐतिहासिक भेट-वार्ता गर्दै सँगै मिलेर चीन होन्डुरस सम्बन्धको भावी विकासको तर्जुमा गर्नुहुनेछ।