पहिलो राष्ट्रिय श्रव्यदृश्य पत्रिका औपचारिक रूपमा प्रकाशित
2023-06-09 15:01:25CRI
Share with:

 

चीनको पहिलो राष्ट्रिय श्रव्यदृश्य पत्रिका अर्थात् “चाइना श्रव्यदृश्य” जुन ९ तारिखदेखि पैचिङमा औपचारिक रूपमा प्रकाशित गरिएको छ। “टेलिभिजनको अनुसन्धान” र “अन्तर्राष्ट्रिय मिडिया” नामक दुई  उत्कृष्ट पत्रिकासँगै चाइना मिडिया ग्रुपको यो पत्रिका पनि यस विषयको उत्कृष्ट पत्रिका बनेको देखिन्छ।

चाइना मिडिया ग्रुपका उप महानिर्देशक वाङ स्याउ चन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभाग अन्तर्गत प्रकाशन व्युरो, केन्द्रीय नेटवर्क र सूचना कार्यालय अन्तर्गत नेटवर्क प्रसारण व्युरो र केन्द्रीय पार्टी विश्वविद्यालय अन्तर्गतको एजेन्सीका सम्बद्ध जिम्मेवार व्यक्तिहरू र स्थानीय रेडियो र टेलिभिजन संस्थाका प्रतिनिधिहरूले भेला भई सो पत्रिकाको प्रकाशनको शुभारम्भ गरेका हुन्।

शुभारम्भ समारोहमा चाइना मिडिया ग्रुप मातहतको सिर्जनशील विकास अनुसन्धान केन्द्रका जिम्मेवार व्यक्ति याङ ह्वाले “चाइना श्रव्यदृश्य” पत्रिका र सीएमजीको पत्रिका समूहको अवस्थाबारे पनि जानकारी दिनुभएको छ।