अमेरिकाले चीनको विकासोन्मुख मुलुकको स्थान रद्द गर्न आग्रह गरेकोमा चीनको परराष्ट्र मन्त्रालयद्वारा जवाफ
2023-06-09 16:06:09CRI
Share with:

अमेरिकी कांग्रेसको मस्यौदाले चीनको विकासोन्मुख मुलुकको स्थानलाई हटाउन आग्रह गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जुन ९ तारिख नियमित पत्रकार सम्मेलनमा चीन विकासोन्मुख मुलुक हो कि होइन भन्ने कुरा अमेरिकाले निर्णय गरेर नहुने टिप्पणी गर्नुभएको छ। 

प्राप्त समाचारमा जनाइएअनुसार, अमेरिकी सिनेटको वैदेशिक मामिला समितिले जुन ८ तारिख “चीनको विकासोन्मुख मुलुकको स्थान समाप्त गर्ने मस्यौदा” पारित गरेको छ र चीनको विकासोन्मुख मुलुकको स्थान रद्द गर्न आग्रह गरेको छ। 

वाङकाअनुसार, विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनको स्थान वास्तविक आधार रहनुका साथै पनि अन्तर्राष्ट्रिय ऐनको आधार रहेको छ। विकासोन्मुख मुलुकको रुपमा चीनको वैधानिक अधिकार अमेरिकी कांग्रेसको मस्यौदाद्वारा रद्द गर्न सकिँदैन।