चीनको अर्थतन्त्रले विश्व आर्थिक पुनरुत्थानमा निरन्तर योगदान दिनेछ
2023-06-09 15:07:14cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले जुन ८ तारिख नियमित पत्रकार सम्मेलनमा बोल्दै हालै संयुक्त राष्ट्र संघ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले चीनको आर्थिक विकासको सम्भावनाप्रति आफ्नो पूर्वानुमान बढाएको बताउनुभएको छ। चीनमाथि अन्तर्राष्ट्रिय समाजको पूर्ण विश्वास देखिन्छ, चीनको अर्थतन्त्रले इन्जिनको भूमिका खेल्ने छ र विश्व अर्थतन्त्रको पुनरुत्थानमा योगदान दिने छ, उहाँले भन्नुभयो।

 

रिपोर्टका अनुसार, विश्व बैंक र आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी)ले हालै सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा विश्व बैंकले सन् २०२३ मा चीनको अर्थतन्त्र ५.६ प्रतिशतले वृद्धि हुने र ओईसीडीले सन् २०२३ मा चीनको अर्थतन्त्र ५.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यी दुवै संगठनले चीनको पुन: खुलापन कार्यबाट विश्व अर्थतन्त्रको विकासलाई थप शक्ति दिने जनाएको छ।