शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू​
2023-06-09 10:23:35CRI
Share with:

२५औँ शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन ९ तारिखबाट शुरू भएको छ। शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सन् १९९३ देखि निरन्तररूपमा आयोजना भइरहेको छ। सो महोत्सव ३० वर्षदेखि चिनियाँ चलचित्र व्यवसायको विकास र परिवर्तनको साक्षी बनेको छ।

यस वर्ष ‘बेल्ट एण्ड रोड’ प्रस्ताव प्रस्तुत गरेको दशौँ वार्षिकोत्सव हुनुका साथै शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले स्थापना गरेको ‘बेल्ट एण्ड रोड’ चलचित्र महोत्सव संघको पाँचौँ वार्षिकोत्सव पनि हो। यस चलचित्र महोत्सवको अवधिमा ‘बेल्ट एण्ड रोड’ चलचित्र साता, विज्ञान कथा चलचित्र सातालगायत श्रृँखलाबद्ध कार्यक्रमको आयोजना गरिने छ।

प्रसारित भिडियोमा ओरिएन्टल पर्ल टावर, शाङहाई केन्द्र टावर, शाङहाईको विमानस्थलजस्ता शाङहाईका परिचित ल्यान्डमार्कहरू देखाइएको छ। अब यस भिडियोबाट शाङहाई सहरको सुन्दरता हेरौँ।