साझा समृद्धिको मार्गमा चीन किन अडिग छ?
2023-06-10 16:43:17CRI
Share with:

‘देश चलाउने चाबी भनेको सर्वप्रथम जनतालाई समृद्ध बनाउनु हो।’ शासन सम्बन्धि परम्परागत चिनियाँ दर्शनमा जनतालाई देशको आधार मानिन्छ। जनता समृद्ध भए मात्र देश समृद्ध हुन सक्छ। यो क्लासिक चिनियाँ ज्ञान हो र आधुनिक समयमा चिनियाँ सरकारको शासन दर्शनको एक भाग बनेको छ। पैचिङको उत्तरपूर्वी कछाड क्षेत्र मियुनमा मौरीपालनको ३०० वर्षभन्दा लामो इतिहास छ। आधुनिक प्रविधिले यस उद्योगलाई नयाँ उचाइमा पुर्याइरहेको छ। सीजीटीएनका प्रस्तोता लीउ शिन र चाइना युरोप इन्टरनेसनल बिजनेस स्कूलका एसोसिएट प्रोफेसर क्यानेडियन माजिद घोरबानीसँग मिलेर मियुनका मौरीपालकहरूबाट यो प्राचीन ज्ञानको आधुनिक प्रभावको अन्वेषण गरेका छन्।