शाङहाईमा रहेको सरभान्टिच पुस्तकालयकी प्रमुख इमाको चीन बसाइको कथा-२
2023-06-12 10:30:44cri
Share with:

 

चीनको ४० वर्षभन्दा लामो बसाको अवधिमा इमाले स्पेन र चीनका इतिहास र संस्कृतिबारे गहन रुपमा अध्ययन गर्नुभएको छ। उहाँका अनुसार, स्पेन र चीन बीचको आदान-प्रदानको लामो इतिहास छ। इतिहासमा धेरै स्पेनेलीहरुले दुई मुलुक बीचको मित्रताका लागि योगदान पुर्‍याएका छन्।

 

दर्जनौ वर्षदेखि चीनका लागि स्पेनेली राजदूताबासकी सांस्कृतिक कर्मचारीबाट सरभान्टिच क्याम्पस अन्तर्गत पैचिङ शाखाकी प्रमुख हुँदै शाङहाई सरभान्टिच पुस्तकालयकी प्रमुखसम्म इमाको हैसियतमा समयसँगै परिवर्तन भएको छ। तथापि उहाँले स्पेन र चीन बीचको सांस्कृतिक आदान-प्रदानका लागि कोसिस गर्दै आउनुभएको छ। धेरै पटकको कला प्रदर्शनी र संवादको क्रममा उहाँले दुई मुलुक बीचको सांस्कृतिक आदान-प्रदान अघि बढ्दै आएको देख्नुभएको छ

हाम्रो जिम्मेवारी भनेको स्पेन र चीन बीचको सम्पर्क गर्ने पूलको निर्माण गर्नु हो। हाल स्पेनमा चिनियाँ भाषाको अध्ययन लोकप्रिय हुँदै आएको छ। स्पेनमा करिब १० वटा कन्फ्युसियस इन्स्टिच्यूटको संचालन भएको छ। अरु बढी स्पेनेली प्रकाशकहरुले चीनको साहित्य ग्रन्थ प्रकाशित गर्दै आएका छन्। हामीले चालू वर्षको अप्रिल महिनामा हाम्रो पुस्तकालयमा स्पेनेली भाषाको अनुवाद तथा चिनियाँ भाषा प्रशिक्षणबारे अनेकन गोलमेच बैठकको आयोजना गरेका छौँ।

 

इमाले चीनमा सुधार तथा खुलापनको अनुभव गर्दै विश्व व्यापार संगठनमा चीनको संलग्नता देख्नुभयो। उहाँले ओलम्पिक खेलकुदको आयोजक अधिकार प्राप्त गरेको पैचिङको खुसीको अनुभव गर्दै नयाँ युगमा चीनका विकास तथा समृद्धि देख्नुभयो।

चीनमा देखा परेको फड्को मार्ने परिवर्तन देख्न पाएको कुरा मेरो लागि भाग्यशाली कुरा हो, त्यो निकै आश्चर्यजनक रहेको छ।

 

चालू वर्ष चीन र स्पेन बीचको सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो। यस उपलक्ष्यमा इमाले भविष्यमा दुवै मुलुकले निरन्तर रुपमा मैत्रीपूर्ण आदान-प्रदान गर्ने र आपसी संस्कृति सिक्ने आशा राख्नुभएको छ

चालू वर्ष स्पेनेली तथा चिनियाँहरुका लागि एक विशेष वर्ष हो, किनभने हामीले ५० वर्षसम्मको मित्रता मनाउनुपर्छ। हाम्रा दुई मुलुक बीचको दूरी टाढा भए तापनि हाम्रा धेरै समानताहरु पनि छन्। हामी बीचको सम्बन्ध निकै मैत्रीपूर्ण र घनिष्ठ रहेको छ। भविष्यमा सांस्कृतिक आदान-प्रदान गर्न सक्ने मैले आशा राखेकी छु।