मानव आधारित साझा विकास
2023-06-12 10:28:58cri
Share with:

 

सन् २००३ को जुन महिनामा तत्कालिन चच्याङ प्रान्तका अध्यक्ष सी चिनफिङले व्यापक अनुसन्धान गरी एउटा परियोजना अघि सार्नुभएको थियो। ४० हजार गाउँबाट १० हजारवटा छानेर व्यापक सुधार गर्ने र त्यसबाट फेरि १ हजार गाउँ छानेर सम्पन्न गाउँ नमूना गाउँ बनाउने जसला “दश हजार गाउँ परियोजना” भनिन्छ। २० वर्षपछि उक्त परियोजनाबाट दश हजार गाउँ साझा समृद्धि उन्मुख विकासको चरणमा उभिएका छन्।

 

“दश हजार गाउँ परियोजना” चिनियाँ शैली धुनिकीकरण विकास प्रकृतिको सानो उदाहरण हो जसबाट जनता केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टीको विकास धारणा र साझा समृद्धि हुने विकास लक्ष्य प्रतिबिम्बित गरिएको छ। चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको विचारमा जनता केन्द्रित विकास धारणामा अडिग रहेकोले चिनियाँ कम्युनिष्ट पार्टीले जनतामाथि फ्नो वचनको पालना गरी चीनको ठूलो विकास गर्नसक्छ।

 

सन २०२१ को जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सी चिनफिङले घोषणा गर्नुभएको थियो कि चीनले सम्पन्न समाजको स्थापना कार्य समष्ट रूपमा पूरा गरी निरपेक्ष गरिबी समस्याको ऐतिहासिक रूपमा समाधान गरेर पहिलो शतवार्षिक लक्ष्यलाई पूरा गरेको छ। सम्पन्न समाजको निर्माण पूरा गर्ने उपलब्धि पाउन असहज छ। सन् २०१३ देखि ८ वर्षसम्मको लगातार प्रयासमा चीनले समयमै गरिबी निवारण लक्ष्य पूरा गरेको थियो भने वर्तमान मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामीण गरिब जनतालाई गरिबीमुक्त गराएको छ। ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँलाई गरिबीबाट मुक्त गराएको छ र क्षेत्रीय समस्त गरिब समस्याको समाधान गरिएको छ। यसरी नै संयुक्त राष्ट्र संघको सहस्राब्दी विकास लक्ष्यमा गरिबी निवारण लक्ष्य पूरा गर्ने पहिलो विकासोन्मुख मुलुक चीन बनेको छ भने विश्वको गरिबी निवारणको योगदान दर ७० प्रतिशत नाघेको छ।

 

मानव केन्द्रित नै सुरूवात हो भने साझा समृद्धि नै अन्त्य हो त्यहीबीच दशँ हजार “दश हजार गाउँ परियोजना”को प्रयास भइरहेका छन्। साथै हामीला थाहा छ कि पृथ्वी ठूलो परिवार हो र विकास र समृद्धि कुनै एउटा राष्ट्रको मात्र कुरा होइन, मानवजाति एक भाग्य समुदाय हो, सबैले मिलेर मात्र असल परिवारको रचना गर्नसक्छ। त्यसै कारणले सन् २०१३ मा राष्ट्राध्यक्ष सी चिनफिङले वेल्ट एन्ड रोड इनिशिएटिभ प्रस्तुत गर्नुभएको थियो र धेरैजसो मुलुकले त्यसला स्वीकार गरी संलग्नसमेत भएका छन्। १० वर्षयता जम्मा गरी १५१ वटा मुलुक र ३२ वटा अन्तर्राष्ट्रिय संगठन वेल्ट एन्ड रोडमा संलग्न भएका छन्, साथै ३००० भन्दा बढी कार्यक्रम समावेश छन् भने कार्यक्रमको कूल रकम ९ खर्ब ६२ अर्ब अमेरिकी डलर पुगेको छ, जुन विश्वका ६० प्रतिशत जनताला फाइदा पुर्याएको छ, विश्व जीडीपीको ३० प्रतिशत पनि पुगेको छ, धेरै पुल, बन्दरगाह, मार्ग वेल्ट एन्ड रोड पुगेका मुलुकमा निर्माण गरी करोडँ जनताको जीवनमा सुधार ल्याइएको छ।

 

मानव धारित भएमा साझा समृद्धि हुन्छ। यद्यपि यो बाटो लामो तथा गाह्रो छ तर कोशिश गरे पक्कै पुग्नसकिन्छ। जुन विश्वव्यापीकरण पृष्ठभूमिमा चीनले गरेको अभ्यास हो।