#अल्पसंख्यक जाति# घाँसेमैदानकी आमा र विशेष छोराछोरी-३
2023-06-13 10:17:28cri
Share with:

तिब्बती ना छ्यु शहरमा कान नसुन्ने तथा बोली नफुटेका, दृष्टिविहीन र सुस्त मनस्थितिका व्यक्तिलाई ९ वर्षे निःशुल्क शिक्षा दिनका लागि एउटा विशेष विद्यालय छ। यसअघिका कार्यक्रममा मैले उक्त विद्यालयका प्रमुख ट्रेरेन रामको विषयबारे जानकारी दिएकी थिएँ। सन् २०१३ उक्त विशेष शिक्षा विद्यालयको स्थापनादेखि क्रमशः “१+३” शिक्षा प्रणलीको निर्माण गरिएको छ। त्यसमध्ये “१” चीन सरकारबाट तोकेको नियमित कक्षा हो र “३” भनेको कान नसुन्ने तथा बोली नफुटेका, दृष्टिविहीन र सुस्त मनस्थिति बालबालिकाका लागि ३ प्रकार विशेष शिक्षा हो। त्यसका साथै विद्यालयले बाजागाजा, सुलेखन, सिलाई, बैकिंग तथा सिरेमिक कलालगायत धेरै कक्षा सुरू गरेको छ। यी कक्षाहरू विद्यार्थीलाई ज्यादै मन पर्छ।

 

सन् २०१३ विद्यालयमा भर्ना गरिएकी साङचिसाङमु कान नसुन्ने तथा बोली नफुटेकी बालिका हुन्। उनी सिलाई कक्षामा केही सिलाई कौशल सिकिरहेकी छिन्। फुर्सदको समयमा उनले एउटा नीलो लुगा सिलाएर आमालाई उपहार दिनखोजेकी छिन्।

 

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशनको प्रतिवेदनमा अपाङ्गताका लागि सामाजिक प्रत्याभूति व्यवस्था र हेरचाह तथा सेवा प्रणालीको सुधारला पूरा गर्नुका साथै अपाङ्गता कार्यको चौतर्फी विकास गर्ने विषय लेखिएको छ। त्यसैले विशेष शिक्षाको झन् झन् राम्ररी विकास गर्ने विश्वास ट्रेरेन रामले गर्नुभएको छ।

 

सन् २०२२ मे ना छ्यु शहरमा कान नसुन्ने तथा बोली नफुटेका र दृष्टिविहीन बालबालिकाका लागि दोस्रो विशेष विद्यालयको स्थापना भएको छ। र नाछ्यु विशेष विद्यालय  सुस्त मनस्थितिका बालबालिकाका लागि विशेष विद्यालय बनेको छ।

चुचाइ नाछ्यु विशेष विद्यालयमा भर्ना भएका पहिलो चरणमा विद्यार्थीमध्येको एक हुन्। उनी दुर्घटनामा दृष्टिविहीन भएका छन्। त्यसैले विद्यालयमा पुग्दाको सुरूका दिनमा उनलाई सधैं दुःख लाग्यो। उनका शिक्षिका वाङ फङच्वानले प्रेरक कथा बाँड्नुका साथै उनको कला क्षमताको विकास गर्नुभएको छ।  सन् २०१६ उनी दृष्टिविहीन परिक्षा पार गरेर नानचिङ विशेष नर्मल विद्यालयमा सफलताका साथ भर्ना भएका छन्। हाल उक्त विद्यालयबाट स्नातक भएर उनले नाछ्यु दोस्रो विशेष विद्यालयमा काम गर्ने योजना बनाएका छन्।

 “मैले विश्वविद्यालयमा भर्ना हुनसक्छु भन्ने विचार पहिला गरेको थिइँन। विशेष शिक्षाले मेरो भाग्य परिवर्तन गरेको छ।”

 

अर्की विद्यार्थी लापाट्रोमा चिनियाँ विशेष खेलकुदमा स्वर्ण पदक जितेकी छिन्। उनका खेलकुद शिक्षक थुतङ कसाङले यसरी भन्नुभयो-

 

“खेलकुद शिक्षकको हैसियतमा मैले बालबालिकाहरूलाई व्यायाम गराउनुका साथै खेलदुकमार्फत् नयाँ संसारको ढोका खोल्नलागेको छु।”

 

सोलाङ वाङत्विले सिकेको सिलाइ कौशलबाट एउटा सानो पसल सञ्चालन गरेका छन्। दुइ वर्षमा उनको कुल आम्दानी १लाख युआनभन्दा बढी पुगेको छ।

“विशेष शिक्षा विद्यालयले मलाई पैसा कमाउने कौशल सिकाएको छ। जसले मेरो जीवनको परिवर्तन गरेको छ।”

 

हरेक बालबालिका फुल जस्तै हुन्। उनीहरूलाई सुन्दर जीवनको फुल फुलाउनुपर्छ। यो ट्रेरेन रामले विशेष शिक्षा दिने सिद्धान्त हो। हालसम्म नाछ्यु विशेष विद्यालयमा कुल ६५ जना विद्यार्थीहरू रोजगार वा स्वरोजगार वा विश्वविद्यालयमा भर्ना भएका छन्। १७ जनाले दुइटा चिनियाँ विशेष खेलकुदमा भाग लिएका छन्।