क्वी याङदेखि नान निङसम्म उच्चगति रेलमार्गको परीक्षण
2023-06-13 15:03:32cri
Share with:

जुन १२ तारिख, चीनको क्वी याङदेखि नान निङसम्मको उच्च गति रेलमार्गको परीक्षण थालिएको छ। परीक्षणको क्रममा गति थप्ने प्रणाली, संकेत प्रणाली तथा रेल सञ्चालन सम्बन्धित् अरू प्रणालीको पनि पूर्ण परीक्षण गर्नुपर्ने छ।

क्वी-नान उच्च गति रेलमार्ग चीनको रेलमार्गको महत्वपूर्ण भाग हो। चीनको पहाडी क्वी चौ प्रान्त र क्वाङसी प्रान्तबीचको पहिलो प्रतिघण्टा ३५० किलोमिटरको उच्च गति रेलमार्ग हो। उक्त रेलमार्ग सञ्चालन भएपछि क्वी याङदेखि नान निङसम्मको यात्रा अहिलेको ५ घण्टाबाट २ घण्टामा घट्ने छ। यसका साथै यसको चीनको बेल्ट एण्ड रोडअन्तर्गत परियोजनाको निर्माण तथा दक्षिण पश्चिम र दक्षिण मध्य चीनको यातायात प्रणालीलाई पूर्णता दिने र क्षेत्रीय आर्थिक शक्तिलाई उकास्न अर्थपूर्ण रहेको छ।