चीनमा मेस्सी किन यति लोकप्रिय ?
2023-06-14 17:12:14cri
Share with:

हालै अर्जेन्टिनाका ‘फुटबल किंग’ मेस्सी (लियोनेल मेस्सी) खेलका लागि चीन आएको खबर चिनियाँ सामाजिक सञ्जालमा व्यापक बनेको छ। अर्जेन्टिना र अष्ट्रेलियाबीच जुन १५ तारिख हुने फुटबल खेलको सम्पूर्ण टिकट पहिलो चरणमै बिक्री भएको छ। यो उच्च स्तरको फुटबल खेल हेर्नका लागि मेस्सीका चिनियाँ फ्यानहरू प्रतीक्षारत छन्।

चीनमा मेस्सी किन यति लोकप्रिय? किनभने चीन र अर्जेन्टिनाबीच गहिरो मित्रता छ र दुई देशका जनता धेरै नजिक छन्। विशेष गरी विगत दश वर्षमा, चीन र अर्जेन्टिनाले संयुक्त रूपमा "बेल्ट एण्ड रोड" शीर्षकको सहकार्यलाई थप प्रबर्द्धन गरेका छन्। यी दुवै पक्षले संयुक्तरूपमा कोभिड-१९ भाइरस महामारीलाई विरुद्ध लडेका थिए। यी मुलुकहरू "टाढाका साथी"बाट व्यापक रणनीतिक साझेदारतिर विकसित भएको देखिन्छ।

चीन-अर्जेन्टिना सम्बन्धको विकासका लागि जनता-जनता र सांस्कृतिक आदान-प्रदान एउटा "पुल" मानिन्छ र जसले दुई मुलुकका जनतालाई घनिष्ट बनाएको छ। मेस्सी विश्व स्तरीय फूटबल स्टारका रूपमा चीनमा आएर चिनियाँ फ्यानहरूलाई आनन्द मात्र दिएका छैनन्। चीन र अर्जेन्टिनाबीचको खेल तथा संस्कृतिको आदान-प्रदान साथै सहकार्यलाई प्रवर्द्धन पनि भएको छ। विशेष गरी दुई देशका जनताबीचको समझदारी र भावनालाई पनि बढाएको देखिन्छ।