चीन होन्डुरस सहकार्य मजबुत पारिने
2023-06-14 17:02:23cri
Share with:

 

चालु वर्षको मार्च २६ तारिख चीन र होन्डुरस बीच एक चीन सिद्धान्तका आधारमा दौत्य सम्बन्ध स्थापना भएको छ। त्यसैगरी होन्डुरस चीनका लागि दौत्य सम्बन्ध कायम भएको १८२ औँ देश बनेको छ। पर्यवेक्षकले विश्लेषण गरे अनुसार, चीन र होन्डुरस बीच दौत्य सम्बन्ध स्थापना र दुवै देशका राष्ट्रनायक बीचको भेट वार्ताको ऐतिहासिक अर्थ रहेकाले दुवै देशबीचको सहकार्यका लागि उज्ज्वल भविष्यको सिर्जना हुनेछ।

दुवै देशको भविष्यबारे चर्चा गर्दै होन्डुरसका विदेश मन्त्री एड्वार्डो रेइनाले होन्डुरस चीन सम्बन्ध एउटा सतिशालको रूख जस्तै रहेको ब्याख्या गर्नुभयो। त्यस सतिशालको रूखको जग राजनीतिक पारस्परिक विश्वास नै हो। चीन र होन्डुरस एक मात्र चीन भन्ने सिद्धान्तको आधारमै स्थापना गरिएको हो। जुन दुवै देश सम्बन्ध विकास हुने मूलभूत पूर्वाधार र राजनीतिक आधार नै हो।

चीनसँगको सहकार्यलाई गहन पार्ने सन्दर्भमा होन्डुरसको निकै ठूलो निहित शक्ति रहेको छ। चीन होन्डुरस सहकार्यको भविष्यप्रति होन्डुरसका विभिन्न क्षेत्र आशावादी रहेका छन्। एक चीन सिद्धान्तको आधारमा रही चीनले दृढताका साथ चीन होन्डुरस मैत्रीपूर्ण सम्बन्धको विकास गर्नुका साथै अटलताका साथ होन्डुरसको आर्थिक र सामाजिक विकासलाई समर्थन गर्दै जानेछ।