ईस्वी सम्बत छैठौं शताब्दीमा रोमका सम्राट ज्यास्डिन्नीआनले चीनको भ्रमण गरेका एकजना धर्माचार्यसित दर्शनभेट गर्दा नीजलाई रेशमी किरा पाल्ने प्रविधि चोर्न जाने हुकुम दिए। ती धर्माचार्य यस प्रयोजनका लागि चीनको यु नान् पुगेको थिए। उनले किम्बुको रुख किम्बुको बीयाँ रोपेर हुर्काइएको कुरा थाहा पाए। अनि रेशमी किरा वसन्त याममा रेशमी किराका फुल मानिसका छातीमा एक सातासम्म राखेर निकालिएका थिए। साना रेशमी किरा निस्केपछि मेहनतसाथ किम्बुका पात ख्वाउनुपर्थ्यो। ठूलो भएपछि मुखबाट रेशा निकाल्दा निकाल्दै कोया बनेका थिए। ती धर्माचार्य पछि रेशमी किराका केही फुल र किम्बुका बियाँ चोरेर रोम फर्के। तर ती धर्माचार्यले रेशमी किराका फुल र किम्बुका बियाँलाई गोलमाल पारे। उनले रेशमी किराका फुल रोपेर किम्बुका बियाँ छातीमा राखेका थिए। अन्तमा कुनै फल पाएनन। पछिगएर ज्यास्तिन्निआनले धर्म प्रचार गर्ने निहुँमा फेरी दुइजना धर्माचार्यलाई चीनमा रेशमी किरा पाल्ने प्रविधि थाहा पाउन पठाए। ती दुइजना धर्माचार्यले पहिलेको शिक्षापाठ ग्रहण गरेर कीमु रोप्ने र रेशमी किरा पाल्ने उपाय सम्झिराखेका थिए। उनीहरुले रेशमी किराका फुल र किम्बुका बियाँलाई खोक्रो लौरोमा राखेर रोम लगे। त्यसैले चीनको रेशमी किरा पाल्ने प्रविधि पश्चिमी मुलुकमा प्रवेश भयो।
यस सम्बन्धमा अर्को भनाइ पनि प्रचलित छ। थाङ राज्यकालमा हु यान सान् भन्ने महाभिक्षु थिए र [महा थाङ राज्यकालमा पश्चिमतिरको यात्रा विवरण] भन्ने हु यान् सानको एक प्रसिद्ध किताब थियो। त्यस किताबमा भनिए अनुसार पश्चिमी क्षेत्रमा छ्यु सान् तान् ना नामक एक सानो देश थियो। रेशमी किरा पाल्ने प्रविधि पाउनका लागि त्यस बेलाको [ पर्वी राज्य ] भन्ने एक मुलुकलाई अनुरोध गरे। तर त्यस मुलुकले यो प्रविधि दिन अस्वीकार गरेको थियो साथै रेशमी किराका फुल र किम्बुका बियाँ अरु क्षेत्रमा प्रवेश हुन नदिनका लागि नाका र चौकीमा जाँच गर्न पनि थाल्यो। विशेषज्ञहरुको भनाइ अनुसार [ पर्वी राज्य ] भनेको त्यस बेलाको पूर्वी वै राज्य नै थियो। त्यस सानो मुलुकका राजाको माग सफल नभएकोमा अर्को उपाय अगाले। त्यस राजाले मित्रतालाई सुदृढ गर्ने नाममा पूर्वी राज्य समक्ष विवाहको सम्बन्ध जोड्ने माग गरे। यो माग पूर्वी राज्यले स्वीकार गरेको थियो। विवाहअघि सानो मुलुकका राजाले पूर्वी राज्यकी राजकुमारीलाई चीनबाट केही रेशमी किराका फुल र किम्बुका बियाँ लिन भनेर गोप्य रुपमा एक जना दूत पनि पठाए। पूर्वी राज्यकी राजकुमारीले सानो राज्यका राजाको माग स्वीकार गरेकी थिइन। पूर्वी राज्यबाट प्रस्थान गर्नुअघि राजकुमारीले रेशमी किराका फुल र किम्बुका बियाँ टोपीमा लुकाइराखेकी थिइन। नाकाबाट निस्कँदा सम्बन्धित अधिकारीले सबै लुगा कपडा जाँच गरेर पनि राजकुमारीको टोपीको जाँच गर्ने आँट नगरेकाले रेशमी किराका फुल र किम्बुका बियाँ त्यो सानो राज्यमा पसे। पछि गएर अरु पश्चिमी मुलुकमा पनि फैलँदैगए।
हु यान सानको यो मूल्यवान विवरणलाई बेलायती नागरिकता लिएको एक जना हंगेरी खोजयात्री स्टाइनले चीनको सिन् च्याङमा फेला पारिएको एक प्राचीन काष्ट-चित्रबाट प्रमाणित गरे। यस काष्ट-चित्रको केन्द्रमा भडकिला पहिरनमा एकजना कुलिन परिवारकी महिलालाई चित्रित गरिएको थियो। महिलाको टाउकोमा टोपी लगाइएको थियो। उनका दायाँ र बायाँ सुसारे उभिएका थिए। बायाँपट्टिकी सुसारेले कुलीन परिवारकी महिलाको टोपीतीर आफ्नो दाहिने हात उठाइएकी थिइन। ती कुलिन परिवारकी महिला रेशमी किराका फुल र किम्बुका बियाँ पश्चिमतीर लैजाने पूर्वी राज्यकी राजकुमारी थिइन।