नेवारी धुनमा चिनियाँ युवतीको नृत्य
2023-06-14 14:16:20CRI
Share with:

चीनको राजधानी बेइजिङमा नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा निर्मित विशाल श्वेतचैत्य (पाइ था स) ७५० वर्षदेखि उभिइरहेको छ। इस्वी संवत् १२७१ मा निर्माण थालिएको यो चैत्य १२७९ मा पूरा भएको उल्लेख छ। सो श्वेतचैत्य स्थापनाको ७५०औँ वार्षिकोत्सवका अवसरमा चीन तथा नेपालको सांस्कृतिक सम्पदा र दुई देशको मित्रताको प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङ श्वेतचैत्य व्यवस्थापन समितिले सांस्कृतिक गतिविधिको आयोजना गर्दैको

गत नोभेम्बरमा चीन र नेपालको सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔँ भन्ने नारासहित श्वेतचैत्यमा चीन-नेपाल सांस्कृतिक सम्पदा प्रदर्शनी गरिएको थियो योजकका अनुसार, चालु वर्षभरिनै विविध कार्यक्रमको योजना गर्दै मनाइने छ।

उक्त श्वेतचैत्य परिसरमा भर्खरै पनि साताव्यापी कार्यक्रमको योजना गरिएको छ। चिनियाँहरूला नेपाली संस्कृति, रीतिरिवाज, नेपाली खाना, नेपाली पर्यटकीयस्थललगायतका विविध जानकारी दिने उद्देश्यले हालै साताव्यापी कार्यक्रमको योजना गरेको हो।

श्वेतचैत्य परिसरमा योजित एक कार्यक्रममा नेपाली गीत सङ्गीतमा चिनियाँ युवतीले नृत्य समेत पस्केका थिए। यस भिडियोमा नेवारी धुनमा चिनियाँ युवतीको नृत्य समेटिएको छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/