हाङचौ एशियाली खेलकुद समारोहको तयारी कार्य अन्तिम चरणमा
2023-06-15 14:34:27cri
Share with:

१९औँ एशियाली खेलकुद समारोह यस वर्षको सेप्टेम्बर २३ देखि अक्टुबर ८ सम्म पूर्वी चीनको हाङचौ सहरलगायत निङपो, वनचौ, चिनह्वा, शाउसिङ र हुचौ गरी यी पाँच वटा सहरमा आयोजना हुँदैछ। जुन १५ बाट हाङचौ एशिया खेलकुद समारोहको उद्घाटन १०० दिन मात्र बाँकी छ। हालै प्रतियोगिता आयोजना गरिने ५६ वटा स्टेडियमको परीक्षण भइसकेका छन् र सञ्चालनकालागि तयारी अवस्थामा रहेका छन्।

आयोजित पत्रकार सम्मेलनमा हाङचौ सहरका मेयर याउ काउ युआनले जानकारी दिँदै एशियाली खेलकुद समारोहका स्टेडियम ‘परिवर्तन गर्न सकिए नयाँ निर्माण नगरिने’ नियम अनुसार, ५६ वटा स्टेडियममा १२ वटा मात्रै नयाँ निर्माण गरिएको बताउनुभएको छ। ती पुराना स्टेडियमहरूलाई सुधार तथा पुनःनिर्माण गरिएका हुन्। एशियाली खेलकुद समारोह अगाडि नै यी स्टेडियमहरू सर्वसाधारणकालागि खुला पनि भइसेकका छन् र यहाँ स्थानीय खेलाडी र सर्वसाधारण गरी तालिम लिनेको संख्या ८० लाख पुगेको छ।

हाङचौ एशियाली खेलकुद समितिका उपाध्यक्ष चौ चिन छ्याङले एशियाली खेलकुद समारोहका विभिन्न तयारी काम अन्तिम चरणमा पुगेको व्यक्त गर्नुभएको छ।