नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अन्तर्वार्ता
2023-06-15 16:16:37CRI
Share with:

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ मिडिया ग्रुपको नेपाली सेवालाई अन्तर्वार्ता दिनु भएको छ। मङ्गलबार बिहान बेइजिङमा अन्तर्वार्ता दिँदै उहाँले नेपालको सर्वोपरी विकासमा भइरहेको चिनियाँ सहयोगको मुक्त कण्ठले तारिफ गर्नुभयो।