चीन मध्यपूर्वमा सधैं निष्पक्ष रूपमा कार्यरत
2023-06-16 16:36:02cri
Share with:

जुन १३ तारिखदेखि प्यालेस्टाइनका राष्ट्रपति महमद अब्बास चीनको चार दिने राजकीय भ्रमणमा हुनुहुन्छ। उहाँ यस वर्ष चीन भ्रमण गर्नु हुने पहिलो अरब राष्ट्रका नेता हुनुहुन्छ। उहाँलाई "चिनियाँ जनताको पुरानो मित्र र असल मित्र" पनि भनिन्छ। जुन १४ तारिख दिउँसो दुई देशका नेताहरूले चीन-प्यालेस्टाइन रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको घोषणा गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको तीनवटा प्रस्तावबाट प्यालेस्टिनी जनताको न्यायोचित राष्ट्रिय अधिकारको पुनर्स्थापनाका लागि चीनको दृढ समर्थनलाई फेरि एकपटक स्पष्ट बनाइएको छ।

चीनले प्यालेस्टाइन-इजरायल शान्ति प्रक्रियालाई प्रवर्द्धन गर्न निरन्तर प्रयास गरिरहेको छ। साथै चीनले शान्तिपूर्ण वार्ताको सही दिशामा लाग्न आवश्यक भएको कुरा पनि औंल्याएको छ। इजरायल-प्यालेस्टाइन समस्याको समाधान गर्ने एक मात्र उपाय पनि मानिएको कुरा चीनले अडान लिएको छ।