यौवनकाल र पसिनालाई “बेल्ट एण्ड रोड” को निर्माणमा लगाएका चिनियाँ निर्माणकर्ता मो खुन
2023-06-16 09:46:27cri
Share with:

बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत भएको दश वर्षयता आबद्ध मुलुकका जनताले लाभ प्राप्त गर्नुका साथै विश्वलाई साझा समृद्धि साकार तुल्याउने र मानव भाग्य समुदायको सिर्जना गर्ने सुन्दर इच्छातर्फ अगाडि बढाएको छ। चिनियाँ संस्थानहरूका युवायुवतीहरूले विदेशमा काम गरी बेल्ट एण्ड रोड को साझा निर्माणका लागि योगदान दिएका छन्।

 

मो खुनले लामो समयसम्म पूर्वी अफ्रिकाको केन्यामा काम गरेका थिए। सन् २००९ देखि सन् २०२२ सम्म उनले चीन र केन्याको बेल्ट एण्ड रोड परियोजना अर्थात् मोम्बासा-नैरोबी रेलमार्गको तयारी, निर्माण र संचालन कार्यमा भाग लिनुका साथै सो रेलमार्गको संचालनका साक्षी समेत भएका छन्

 

सन् २०१७ मा संचालनमा आएको मोम्बासा-नैरोबी रेलमार्ग केन्याको शताब्दी परियोजना कहलाइएको छ। यो रेलमार्ग चीनको मापदण्डअनुसार तथा चीनको प्रविधि चीनको प्रबन्ध प्रयोग गरिएको छ। यो रेलमार्ग केन्या स्वतन्त्र भएयता निर्माण भएको पहिलो रेलमार्ग हो। यो रेलमार्गको निर्माण र संचालनका लागि चिनियाँ निर्माणकर्ताहरूले ठूलो प्रयास गरेका छन्।

 

सन् २०११ मा केन्यामा भिषण खडेरी भएको थियो। केन्यास्थित चिनियाँ उद्योग-व्यवसायहरू र केन्यामा बसोबास गरिरहेका चिनियाँहरूले उत्तरी केन्याको प्रकोपग्रस्त क्षेत्रमा खाद्यन्न संकलनकालागि चन्दा गतिविधिको संयोजन गरेका थिए। चिनियाँहरूले गाडीद्वारा सात सय किलोमिटरको पहाडी बाटो तय गरेका थिए। चिनियाँहरूले प्रकोपग्रस्त क्षेत्रका ९,८०० जना सर्वसाधारणलाई खाद्यन्न संकलन गरेका थिए। मो खुन पनि उक्त गतिविधिमा सहभागी भएका थिए। उनी भन्छन् हामीले स्थानीय सर्वसाधारणलाई आवश्यक सामग्री दिएका थियौ। प्रकोपग्रस्त क्षेत्रका सर्वसाधारणले नाचगान गरे।  

 

मोम्बासा-नैरोबी रेलमार्गको काम पूरा भएपछि सन् २०२२ अप्रिल महिनामा मो खुन काम गर्न रुवान्डा गएका थिएत्यसपछि, सन् २०२२ जुलाई महिनामा उन काम गर्न कम्बोडिया गएका हुन्। चालू वर्षको मे महिनासम्म मो खुनले विदेशमा काम गरेको चौध वर्ष भइसकेको छ। उनकाअनुसार, विदेशमा रहेर धेरै वर्षसम्मको काम र प्रयास परिवारको समर्थनबिना सम्भव छैन। उनीहरूको साथ र समर्थन छ। उनी भन्छन्

 “मेरी आमाले अरु मानिसको जन्मथलोलाई आफ्नो जन्मथलो सम्झेर निर्माण गर्न मलाई प्रोत्साहन गर्नुभएको छ। आमाकाअनुसार, यदी तिमीले अरुको जन्मथलोमा निर्माण गर्छौ भने अरु कसैले तिम्रो जन्मथलोको पनि निर्माण गर्दैछन्।

 

सन् २०२३ मा चीनले बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत गरेको दशौ वार्षिकोत्सव हो। मो खुनकाअनुसार, चिनियाँ निर्माणकर्ताहरूले मैत्रीपूर्ण पुल र सडकको निर्मा गर्नुका साथै मौका र मित्रता पाएका छन्।