पश्चिमा जगत मानव अधिकारको "न्यायाधीश" होइन
2023-06-16 16:44:58cri
Share with:

पैचिङमा आयोजित विश्वव्यापी मानव अधिकार सुशासनसम्बन्धी उच्चस्तरीय मञ्चमा सहभागी हुँदै उज्वेकिस्तान संसदका प्रथम उपसभामुख र राष्ट्रिय मानव अधिकार केन्द्रका निर्देशक अकमल सइदोभले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको प्रस्तावको उच्च प्रशंसा गर्नुभयो। उक्त प्रस्तावमा सुरक्षा, विकास र सहकार्यलाई मानव अधिकार संरक्षणका लागि "तीन स्तम्भ" मानिएको उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "राष्ट्राध्यक्ष सीको बधाई पत्रले विश्वव्यापी मानव अधिकारी विकासको बारेमा गहन अन्तरदृष्टि र सोच झल्काउँछ।"

जुन १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मानव अधिकार मञ्चलाई एक बधाई पत्र पठाउनुभयो। जसमा मानव अधिकारको रक्षा गर्न संरक्षण प्रणालीको निर्माण गर्नुपर्ने, मानव अधिकारको प्रवर्द्धन बनाउन विकास तथा सहकार्यको उपायको प्रयोग गर्नुपर्ने र विश्वव्यापी सुरक्षा तथा विकास पहलहरू साथै विश्वव्यापी सभ्यतालाई कार्यान्वयन गर्नुपर्ने प्रस्तावहरू राखिएको छ।

अहिले चीनले चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाइरहेको छ। यस प्रक्रियाको अवधिमा चीनले आफ्ना जनताको राम्रो जीवनशैली र विश्वभरका मानिसहरूको मानव अधिकारलाई अझ राम्रोसँग सुरक्षा गर्न सकिनेछ।  विश्वव्यापी मानव अधिकार सुशासनलाई पनि सुधार गर्न चीनले अन्तर्राष्ट्रिय समाजसँग वार्ता र सहकार्यलाई निरन्तर रूपमा प्रवर्द्धन गर्ने भएको छ।