बेइजिङमा पहिलो अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक संगठन मुख्यालय
2023-06-16 14:56:34cri
Share with:

       

गत मे ३१ तारिख बेइजिङमा "एकै थलोमा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संगठनहरूक मुख्यालय" को अनावरण समारोह आयोजना गरिएको छयसअघि राष्ट्रिय विज्ञान तथा प्रविधि श्रमिक दिवसको प्रत्यक्ष प्रशारणमा पहिलो अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक संगठनहरूको मुख्यालय बेइजिङको छाओयाङ जिल्लाको पूर्वी ताल अन्तर्राष्ट्रिय केन्द्रमा योजना गरिएको थियो। यस मुख्यालयको स्थापनाले चीन र विदेशी राष्ट्रहरूबीचको वैज्ञानिक तथा प्राविधिक आदान-प्रदान र सहयोगलाई प्रवर्द्धन गर्ने र साझा विकासमा योगदान पुर्याउने विश्वास चीनमा रहेका अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संगठनका विदेशी प्रतिनिधिहरूले व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय विज्ञान र प्रविधि संगठन विश्वव्यापी आविष्कार स्रोतहरू जोड्ने महत्त्वपूर्ण लिङ्क हो भने खुला र समावेशी विज्ञान र प्रविधि नवाचार परिस्थितिविज्ञानको निर्माणलाई बढावा दिन र अन्तर्राष्ट्रिय विज्ञान र प्रविधि समुदायमा खुलापन, विश्वास र सहयोग बढाउन महत्त्वपूर्ण भूमिका खेल्दैएका छन्। चीनमा अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक संगठनहरूको विकासलाई सहयोग गर्न चीन विज्ञान र प्रविधि संघ र बेइजिङ शहर सरकारले संयुक्त रूपमा यस क्षेत्रको निर्माण गरेक न्

बेइजिङका उपमेयर यु यिङजले उक्त अनावरण समारोहमा सम्बोधन गर्नुभएअनुसार यस पहिलो अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक संगठन मुख्यालयले अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरूलाई बेइजिङमा सुविधाजनक सेवाहरू उपलब्ध गराउने तथा खुलापन र उच्च गुणस्तरको विकास विस्तारमा प्रवर्द्धन गर्ने छ

बेइजिङ चीनको सबैभन्दा बलियो वैज्ञानिक र प्राविधिक आधार, सबैभन्दा केन्द्रित नवप्रवर्तन स्रोतहरू र सबैभन्दा सक्रिय नवप्रवर्तन विषयहरू भएको क्षेत्र हो। हाँ ९० भन्दा बढी विश्वविद्यालयहरू, एक हजारभन्दा बढी वैज्ञानिक अनुसन्धान संस्थानहरू र झन्डै ३०,००० राष्ट्रिय उच्च-स्तरीय प्राविधिक उद्यमहरू छन्। अनुसन्धानकर्ताहरूको संख्या ४७०,००० भन्दा बढी छन् विश्वमा पहिलो स्थान गटेको छ।

इन्टरनेशनल डिजिटल वल्ड सोसाइटी चाइनिज एकेडेमी अफ साइन्सेसको एयरोस्पेस इन्फर्मेशन इनोभेसन इन्स्टिच्युटका डक्टरेट विद्यार्थी मुहम्मद फहाद पाओकेका अनुसार अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक संगठन मुख्यालय क्षेत्र वैज्ञानिक र प्राविधिक कार्यकर्ताहरू र अन्तर्राष्ट्रिय संस्थाहरू बीचको आदान-प्रदान र खुला सहयोगका साथै विभिन्न संस्थाहरू बीचको आदान-प्रदान, आपसी सिकाइ र सहयोगलाई सुदृढ गर्न अनुकूल हुने छ। अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक संगठनहरू भेला भएर गरिने एकिकृत विकासले मानव जातिको साझा भविष्यको समुदायको निर्माणमा योगदान पुर्‍याउने छ।