चिनियाँ अक्षरबारे अमेरिकी “चिनियाँ अक्षर काका” रिचर्ड सियर्सको विचार-१
2023-06-19 09:23:45cri
Share with:

अप्रिल २० तारिख संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस हो। हाल चीन र विश्वका अरु मुलुकहरु बीच बारम्बार अन्तर्क्रिया हुँदै आएको छ भने आपसी आदान-प्रदान पनि बढ्दै आएको छ। यस क्रममा विश्वमा चिनियाँ भाषा अध्ययन गर्ने व्यक्तिहरुको संख्या पनि बढ्दै आएको छ। अमेरिकी रिचर्ड सियर्स तिनीहरुमध्येका एक हुनुहुन्छ। उहाँ अहिले च्याङ सु प्रान्तको नान चिङ शहरमा बस्नुहुन्छ। धेरै वर्षदेखि उहाँले चिनियाँ अक्षरको अध्ययन गर्दै आउनुभएको छ। उहाँले चिनियाँ अक्षरको उत्पति सम्बन्धी डाटाबैससमेत स्थापना गर्नुभएको छ। चीन र विश्वका इन्टरनेट प्रयोगकर्ताहरुले उहाँलाई “चिनियाँ अक्षर काका” भन्ने गरेका छन्। उहाँको विचारमा चिनियाँ अक्षर चीनको मात्र होइन, सम्पूर्ण विश्वको मूल्यवान संस्कृति पनि हो।

चिनियाँ अक्षरको अध्ययन गर्नु रिचर्ड सियर्सलाई सबैभन्दा मनपर्ने कुरा हो। उहाँको विचारमा चिनियाँ अक्षरको हजारौँ वर्षसम्मको इतिहास छ, हरेक चिनियाँ अक्षरको आकारको आफ्नो अर्थ छ, प्राचीन कालको चिनियाँ अक्षरको आफ्नो नियम छ, वैज्ञानिक तरिकाबाट चिनियाँ अक्षरको इतिहास खोज्नुपर्छ, चिनियाँ अक्षरको उत्पति बुझेपछि चिनियाँ अक्षरको परिवर्तनको इतिहास पनि बुझिन्छ।

हामी यो चिनियाँ अक्षर हेरौँ। तपाईँ चीनको प्राचीन कालको शब्दकोष -“चिनियाँ अक्षरको उत्पति” मा यस अक्षरको आकार हेर्नुहोस्। र त्यसपछि यो अक्षर कसरी परिवर्तन भएको कुराबारे सोच-विचार गर्नुहोस्। तपाईँ कछुवाको खबटामा कुँदिएको प्राचीन अस्थि लिपी पनि हेर्नुहोस्। हेरेपछि त्यसको आकारबारे जानकारी लिएर प्राचीन कालमा त्यसको अर्थ के हो भन्ने कुराबारे सोच-विचार गर्न सक्नु हुन्छ। यदी तपाईँले हरेक चिनियाँ अक्षरको निष्ठापूर्वक विश्लेषण गर्ने हो भने अत्याधिक चिनियाँ अक्षरको उत्पति पाउन सक्नु हुन्छ।

रिचर्ड सियर्सले चिनियाँ अक्षरको उत्पतिबारे जानकारी लिएपछि प्राचीन कालका चिनियाँहरुको जीवन तथा संस्कृतिबारे पनि जानकारी लिने ठहर गर्नुभएको छ। उदाहरणका लागि केही चिनियाँ अक्षरहरुले प्राचीन कालको बुनाई प्रविधिको प्रदर्शन गर्छन् भने केही अक्षरहरुले चीनको परम्परागत कृषि तथा घरेलु जनावरहरुबारे बयान गर्छन्। हरेक चिनियाँ अक्षर पछाडिको कथाबारे जानकारी छैन भने चिनियाँ परम्परागत संस्कृति बुझ्न कठिन हुनेछ। रिचर्ड सियर्सले चिनियाँ अक्षर परिवर्तनको हजारौँ वर्षको इतिहासबाट चिनियाँ अक्षरले आफूलाई दिएको असिमित सुखको अनुभव गर्नुभएको छ।

मेरो आफ्नो चासो छ। एउटा नयाँ कुरा सिकेपछि मलाई खुसी लाग्छ, त्यसैले मैले निरन्तर रुपमा चिनियाँ अक्षर अध्ययन गर्दै आएको छु। हरेक पटक एउटा नयाँ कथा भेटेमा मलाई अझै खुसी लाग्छ।

सन् १९९४ मा आकस्मिक रुपमा देखिएको मुटु रोगबाट रिचर्ड सियर्सले आफ्नो जीवनबारे नयाँ सोच-विचार गर्नुभयो। तत्कालीन ४४ वर्षको उमेरमा उहाँले “चिनियाँ अक्षरको उत्पति” लगायत धेरै शब्दकोषमा रहेका सम्पूर्ण प्राचीन चिनियाँ अक्षरहरुलाई कम्प्युटरमा स्क्यानिङ गरी चिनियाँ अक्षरको उत्पति सम्बन्धी डाटाबैसको स्थापना गर्ने निर्णय गर्नुभयो।

मैले सबैभन्दा भरपर्दो निर्देशिका खोजेर विभिन्न विशेषज्ञको राय-सुझाव लिनुपरेको थियो। त्यसपछि साँचो उत्पति खोज्ने विचार गरेको थिएँ। सही अथवा गलत कुरा छुट्याउनका लागि एउटा वेबसाइटको स्थापना गर्नुपर्ने आवश्यकता थियो। त्यसैले मैले प्राय चिनियाँ अक्षरहरुको विश्लेषण गरेपछि एउटा डाटाबैसको स्थापना गरेको थिएँ।