असल छिमेकीलाई सुनसँग साट्न सकिन्न
2023-06-19 16:06:27CRI
Share with:

‘चीनको विकास र प्रगति जसरी भइरहेको छ भन्ने मेरो कल्पना थियो त्यो भन्दा अगाडि चीनको विकास र प्रगति भएको मैले पाएँ।’ नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ मिडिया ग्रुप नेपाली सेवाले लिएको अन्तर्वार्तामा उहाँले व्यक्त गर्नुभएको मनतव्य हो यो। चीनको भ्रमणमा उहाँले चिनियाँ उच्च प्राविधिक व्यवसायको निरीक्षण गर्नुका साथै प्रतिनिधिमण्डलको नेतृत्व गरी चिनियाँ तिब्बतको पाँचौँ पर्यटन सँस्कृति अन्तर्राष्ट्रिय एक्स्पोमा भाग लिनुभएको छ। जसबाट चीनका विभिन्न क्षेत्रमा उच्च गुणस्तरीय विकासको गति तथा आकर्षणको अनुभव गरिएको छ।

सन् २०१७ मे महिनामा नेपालले चिनियाँ “बेल्ट एण्ड रोड” प्रस्तावमा भाग लिने घोषणा गरेको थियो। यस वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “बेल्ड एण्ड रोड” प्रस्ताव प्रस्तुत गर्नुभएको दशौँ वार्षिकोत्सव हो र नेपालले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अगाडि सारेको छ। यस्ता दुई विकास प्रस्तावमा सहकार्य गर्ने सम्बन्धबारे चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले गदगद भएर भन्नुभयोः पक्कै पनि दुई देशबीचको सम्बन्ध धेरै पुरानो छ। नेपालका तर्फबाट भृकुटी र अरनिकोले चीनमा आएर नेपाललाई चिनाउने काम गर्नु भएको छ। इतिहासमा त्यस समयदेखिका विभिन्न सम्बन्धहरु रहिआएका छन्। व्यापारदेखि जनस्तरका सम्बन्धहरु रहेका छन्। यसकारण दुई देशबीचको सम्बन्धलाई आधुनिक चीन र नेपालले नयाँ ढङ्गले परिभाषित गर्नका लागि बीआरआई एउटा कडी हुन सक्छ। विकासका परियोजनाहरु पनि त्यसमै लक्षित छन्। यसै गरी नेपालले चीनको आर्थिक र वैज्ञानिक तथा प्राविधिक विकासबाट फाइदा पाउने र विकासको बाटोमा नेपाल र चीनले हातमा हात मिलेर अगाडि जानसक्छन्।”

दुई देशबीचको सम्बन्ध साँस्कृतिक तहमा हुने गर्छ। साँस्कृतिक सरक्षणले नागरिकमा खुशी प्रदान गर्छ। त्यसकारण साँस्कृतिक सरक्षणमा आपसी सिकाइ निकै महत्वपूर्ण हुने गर्छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विचारमा दुई देशको साँस्कृतिक आदानप्रदान तथा आपसी सिकाइ, विशेष गरी नागरिक आदानप्रदानको प्रवर्द्धन ज्यादै महत्वपूर्ण छ।

बाल्य कालदेखि हाम्रो नेपाली सेवाको रेडियो कार्यक्रम सुनेको अनुभव सम्झँदै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भन्नुभयो- “म सानोमा यो रेडियो सुन्ने गर्थेँ। त्यतिबेला रेडियो सुन्दा चीन जाने कल्पना गर्थेँ। ” हाल “बेल्ट एण्ड रोड” सहकार्य प्रारूपमार्फत् नेपाल र चीनका नागरिकले आपसी बुझाइ र सिकाइ बढाउने अझ बढी मौका पाएका छन्। “बेल्ट एण्ड रोड”को साझा निर्माणले “जनताको मन जोड्न”का लागि सकारात्मक भूमिका लेखिरहेको छ।

“चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भने जस्तै असल छिमेकीलाई सुनसँग साट्न सकिन्न। यो त भावनामा हुने कुरा हो। साँस्कृतिक सम्बन्ध र भावना भनेको कुनै पनि मूल्यभन्दा माथि हुने गर्छ। यस कारण यो महान विचारलाई आत्मसात गर्दै दुई देशहरु अगाडि बढ्नेछन्।” नेपाली सेवाको सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ।