#अल्पसंख्यक जाति# म्याउ जातीय केटीबाट बनाइएको “तारा आकाश”
2023-06-20 09:13:10cri
Share with:

चिनियाँ दक्षिण-पश्चिमी भागमा पर्ने क्वी चौ प्रान्तमा छ्यान तुङ नान म्याउ र तोङ जातीय स्वायत्त प्रिफेक्चर रहेको छ। त्यहाँ विशेषतायुक्त जातीय हस्तकला तथा सँस्कृति छ।त्यसलाई चाँदीबाट बनाइएको सजावटको राजधानी मानिएको छ।

पहिला स्थानीय म्याउ जातीय शिल्पकारहरूले चाँदी सजावटको प्रविधि युगौंयुगसम्म फैलाएका छन्। तर केही समयअघि मेशिनबाट चाँदी सजावट गर्दा लागत अझै कम हुनुका साथै समय पनि बचत भएको छ।त्यसैले त्यस्ता तरिकामार्फत् बनाइएका चाँदी सजावटको बजार भाउ सस्तो हुनुका साथै उत्पादन बढी भएको छ। त्यस्तै अवस्थामा केही शिल्पकारहरूलाई अन्तर्द्वन्द भएर यो सीप परित्याग गरेका थिए।म्याउ जातीय बसोबास क्षेत्रमा पर्यटनको क्रमशः विकासका साथसाथै बाहिर काम गर्न जाने चाँदी शिल्पकारहरू पनि क्रमशः जन्मथलो फर्केका छन्। साथै अझ बढी युवाहरू यो पेशामा आउन थालेका छन्।गैरभौतिक साँस्कृतिक सम्पदा भएको चाँदी सजावटको यो शिल्प नयाँ वसन्तमा प्रवेश गरेको छ।

युवती फान श्वे म्याउ जातीय चाँदी सजावटको गैरभौतिक साँस्कृतिक सम्पदाका एकजना उत्तराधिकारी हुनुहुन्छ। बाल्यकालदेखि उहाँले चाँदी सजावटको प्रविधि सिक्न थाल्नुभयो। म्याउ जातीय चाँदी सजावट प्रविधिको उत्तराधिकार गर्ने सपना लिएर विश्वविद्यालयबाट स्नातक भएपछि उहाँले गुरू खोजेर एक चाँदी शिल्पकार बन्नुभयो।

कन्सोल टेबुलअगाडि नीलो पोशाक लगाउने फान श्वेले बायाँ हातले वेल्डिंग टर्च लिनुका साथै दायाँ हातले ट्वीजर्समार्फत् चाँदी स्थिर पार्नुभएको छ। अनेकन क्रियापछि एउटा सानो तथा सुन्दर सजावट बनाइएको छ। परम्परागत म्याउ जातीय सजावट बाहेक फान श्वेले नयाँ तथा फेशनेवल चाँदी सजावटको सिर्जना पनि गर्नुभएको छ। त्यसबाहेक उहाँले इन्टर्नेटबाट चाँदी शिल्पकारको कथा बाँडेर पुरानो शिल्पलाई पहाडी क्षेत्रबाट बाहिर फैलाउनुभएको छ। क्रमशः फान श्वेले झन् झन् बढी अर्डर पाउनुका साथै झन् झन् बढी ग्राहक संकलन गर्नुभएको छ।

सन् २०२२ चाइना मिडिया ग्रुपको वसन्त चाड गाला कार्यक्रममा चिनियाँ अन्तरिक्ष यात्री वाङ याफिङकी छोरीले आफ्नो इच्छा व्यक्त गरेकी थिइन्। उनले आमालाई अन्तरिक्षबाट एउटा तारा ल्याउने आशा गर्थिन्। फान श्वेले देखेर म्याउ जातीय शिल्पबाट “ताराको आकाश” बनाउनुभएको छ। चाँदीबाट बनाइएका ताराहरू रूखमा झुण्डिएका छन्।

“धेरै मान्छेहरूले हाम्रो चाँदी सजावट मन पराएका छन् र म्याउ जातीय शिल्प तथा सँस्कृतिमाथि झन् झन् बढी नजर पुर्याएका छन्। त्यसैले गैरभौतिक सँस्कृतिक सम्पदाको उत्तराधिकारमा अडिग रहनुपर्छ।“ फान श्वेले भन्नुभयो।