नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको अन्तर्वार्ताको पूर्ण विवरण
2023-06-21 18:06:42CRI
Share with:

यस वर्षको जुन महिनामा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको निमन्त्रणामा चीन भ्रमणमा आउनुभएका नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पैचिङ, शाङहाइ र चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण गर्नुभयो। चीनको भ्रमणमा उहाँले चिनियाँ उच्च प्राविधिक व्यवसायको निरीक्षण गर्नुका साथै प्रतिनिधिमण्डलको नेतृत्व गरी चिनियाँ तिब्बतको पाँचौँ पर्यटन सँस्कृति अन्तर्राष्ट्रिय एक्स्पोमा भाग लिनुभएको छ। भ्रमणताका चिनियाँ मिडिया ग्रुप नेपाली सेवासँगको अन्तर्वार्तामा उहाँलेचीनको विकास र प्रगति जसरी भइरहेको छ भन्ने मेरो कल्पना थियो त्यो भन्दा अगाडि चीनको विकास र प्रगति भएको मैले पाएँभन्ने व्यक्त गर्नुभयो। अन्तर्वार्ताका क्रममा उहाँले २३ वर्ष अगाडिको तिब्बत र अहिलेको तिब्बतको तुलनै हुन नसक्ने बताउनुभयो। आजको विशेष कार्यक्रममा नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ मिडिया ग्रुपको नेपाली सेवासँगको अन्तर्वार्ताको पूर्ण विवरण प्रस्तुत गर्दै