चीन-अमेरिका सम्बन्धबारे मस्कको भनाइमा वाशिङ्टन राजनीतिज्ञका लागि मननयोग्य
2023-06-22 15:39:42cri
Share with:


३ वर्षपछि अमेरिका टेस्ला कम्पनीका सीइओ एलन मस्कले फेरि चीनको भ्रमण गर्नुभएको छ। मे ३० तारिख चीनका परराष्ट्रमन्त्री छिन काङले उहाँसँग भेट गर्नुभएको हो। अमेरिकाले चीनमाथि लगाएका आक्षेपको विरोध गरी अमेरिका र चीनबीचको हित मिसाएर जोडिएको जुम्ल्याहा जस्तो घनिष्ट भएको उहाँले भन्नुभयो। चीन-अमेरिका सम्बन्ध कठीन अवस्थामा देखिँदा मस्कले धेरै अमेरिकी व्यवसायका व्यक्तिको मनको कुरालाई स्पष्ट देखाउनुभयो। वाशिङ्टनले त्यसबारे दतचित्त भएर सुन्नुपर्छ।

 

मस्कले चिनियाँ बजारमा आफ्नो नजरलाई जहिल्यै पनि लुकाउनुभएको थिएन। ३ वर्षअघि उहाँले शाङहाइमा चिनियाँ उत्पादित मोडेल ३ को हस्तान्तरण समारोहमा उपस्थित हुनुभयो साथै नाच्नु पनि भयो। ३ वर्षयता टेस्लाले चिनियाँ बजारमा निकै धेरै प्रयास गरी ठूलो उपलब्धि पाएको छ। टेस्लाको वार्षिक प्रतिवेदनका अनुसार, सन् २०२२ मा टेस्ला शाङहाइ कारखानाको वितरण मात्रा ७.१ लाख पुगेको थियो भने विश्वव्यापी वितरण मात्राको आधाभन्दा बढी पुगेको छ। यसै वर्षको अघिल्ला ४ महिनामा टेस्लाले चिनियाँ बजारमा १.७ लाख गाडी वितरण गरेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशत बढेको छ। विश्लेषणका अनुसार, हाल चीनको विद्युतीय गाडी उत्पादक घेरै बढेको छ र बजारको प्रतिश्पर्धा पनि चर्कँदै आएको छ तापनि टेस्ला जस्तो विशाल कम्पनीका लागि चिनियाँ बजार अझ निकै महत्वपूर्ण छ।

 

यस वर्षयता एप्पल, जेपी मोर्गन, जनरल मोटर्सलगायत अमेरिका ठूला व्यवसायका उच्च प्रबन्धकहरूले एकपछि अर्को गरी चीनको भ्रमण गर्नुभयो। एकातिर अमेरिका सरकारले चीनमाथि आक्षेप लगाउन र जोखिम हटाउन अमेरिकी व्यवसायलाई उत्साहित गरिरहेको छ भने अर्कोतिर अमेरिकी व्यवसायका उच्च प्रबन्धकहरूले एकपछि अर्को गरी चीनको भ्रमण गर्नुभएको छ। यो नै चीनको विकास विश्वको मौका हो भन्ने सबभन्दा राम्रो प्रमाण होइन?

चीन र अमेरिकाबीच गहिरो रूपमा आर्थिक सहकार्य छ, दुई पक्षबीचको आपसी हितयुक्त सहयोग दुई देशलगायत विश्वका लागि हितकर छ। जुन आधारभूत ज्ञान हो साथै प्रमाण गरिरहेको कुरा पनि हो। भूराजनीतिक हित र व्यक्तिगत राजनीतिक स्वार्थबाट भरिएको वाशिङ्टन राजनीतिज्ञको तुलनामा त्यसबारे मस्कको तर्कसंगत बुझाइ छ। त्यसो भएर मात्र चीन र अमेरिकाबीच जोडिएको जुम्ल्याहा जस्तो सम्बन्ध रहेको तथ्य भन्न सकिन्छ।