चिनियाँ अक्षरबारे अमेरिकी “चिनियाँ अक्षर काका” रिचर्ड सियर्सको विचार-२
2023-06-26 15:06:31cri
Share with:


 

८ वर्षसम्मको निरन्तर कोसिसपछि सन् २००२ मा चिनियाँ अक्षरको उत्पति सम्बन्धी डाटाबैस औपचारिक रुपमा इन्टरनेटमा राखिएको थियो। त्यस बेलामा डाटाबैसमा राखिएका ६ हजार ५ सय भन्दा बढी चिनियाँ अक्षरको आफ्नो कोड थियो। इन्टरनेट प्रयोगकर्ताहरुले हरेक चिनियाँ अक्षरको परिवर्तनको इतिहास र त्यसको विभिन्न लिपि बारे जानकारी पाएका थिए। संकलन गरिएका प्राचीन चिनियाँ शब्दको संख्या बढ्दै आएको सिलसिलामा अहिले उहाँको डाटाबैसमा करिब १ लाख चिनियाँ अक्षरहरूका आकार उपलब्ध छन्।

मैले करिब १ लाख चिनियाँ अक्षरको आकार संकलन गरेको छु। तीमध्ये कछुवाको खबटामा कुँदिएको प्राचीन अस्थि लिपी अक्षरको संख्या ३० हजार छन् भने चिन लिपि अक्षरको संख्या २० हजार भन्दा बढी छ र सिल लिपि अक्षरको संख्या ४० हजार भन्दा बढी समावेश छन्। मेरो लक्ष्य भनेको हरेक चिनियाँ अक्षरको संरचनाको उत्पति पत्ता लगाउने हो। यदि तपाईँले चिनियाँ अक्षरको उत्पतिबारे पहिचान गर्नसक्नु भयो भने हरेक चिनियाँ अक्षरको आकार समुचित हुनेछ।

 

रिचर्ड सियर्सको विचारमा चिनियाँ भाषा अध्ययन गर्ने उद्देश्य एक किसिमको विदेशी भाषा जान्नु मात्र होइन, चिनियाँ भाषामार्फत हजारौँ वर्षदेखिको चिनियाँ संस्कृतिबारे जानकारी लिनु हो। संस्कृतिप्रति विभिन्न मानिसको विभिन्न विचार छ, त्यसैले आपसी जानकारी महत्त्वपूर्ण रहेको छ।

 

अहिले रिचर्ड सियर्सले चिनियाँ भाषा झनै लोकप्रिय हुँदै आएको अनुभव गर्नुभएको छ। विश्वका लागि चीनको खुला स्तर उकासिएर विश्वमा चीनको असर निरन्तर रुपमा विशाल हुँदै जाने क्रममा विश्वका अरु देशहरुले चीनबारे अरु बढी जानकारी लिनसक्ने आशा गरेका छन्। चीनबारे जानकारी लिनका लागि चिनियाँ भाषा एउटा चाबी हो।

अमेरिकामा धेरै माध्यमिक विद्यालय तथा विश्वविद्यालयले चिनियाँ भाषा कक्षा खोलेका छन्। त्यसैले चिनियाँ भाषा तथा चिनियाँ अक्षरले विश्वलाई अरु बढी प्रभाव पार्दै आएको छ। अहिले विश्वका २० प्रतिशतका जनसंख्या चिनियाँ भाषा बोल्छन् र २० प्रतिशतका जनसंख्या चिनियाँ अक्षरबाट उनीहरुको विचार व्यक्त गर्छन्, यो एकदम महत्त्वपूर्ण छ। एक चिनियाँको विचार बुझ्नका लागि तपाईँले चिनियाँ अक्षर जान्नुपर्छ।

 

रिचर्ड सियर्सको विचारमा चिनियाँ अक्षर चीनको मात्र होइन, सम्पूर्ण विश्वको मूल्यवान संस्कृति पनि हो।

चिनियाँ अक्षरले चीनलाई मात्र प्रभाव पार्ने होइन, विश्वलाई पनि पार्छ। त्यसैले चिनियाँ अक्षर विश्व संस्कृतिको एउटा भाग हो।