१४ औँ ग्रीष्मकालीन दाभोस मञ्च जुन २७ देखि थेन चिनमा आयोजना हुँदै
2023-06-26 15:04:53CRI
Share with:

 

१४ औँ ग्रीष्मकालीन दाभोस मञ्च जुन २७ तारिखदेखि २९ तारिखसम्म चीनको थेन चिन शहरमा आयोजना हुँदैछ। १०० भन्दा बढी मुलुक र क्षेत्रका वाणिज्य क्षेत्र, सरकार, सामाजिक क्षेत्र, अन्तर्राष्ट्रिय संगठन र शास्त्रीय क्षेत्रका झण्डै १५०० भन्दा बढी गण्यमान्य व्यक्तिहरू सहभागी हुनेछन्। मञ्चमा उनीहरूले सिर्जनशीलता र रोजगारका लागि नयाँ जिवन्त शक्ति थपिने विषयबारे विचार विमर्श गर्नुका साथै अझ निष्पक्ष, दिगो र लचिलो विश्वव्यापी अर्थतन्त्रको कसरी स्थापना गर्ने विषयबारे छलफल गर्ने छन्।

हाल मञ्चका सम्बद्ध विभिन्न तयारी कार्य भइसकेका छन्। प्राप्त जानकारी अनुसार, मञ्चमा राखिने मुख्य विषयहरूमध्ये प्रबर्द्धनको पुन:आरम्भ, विश्वव्यापी पृष्ठभूमिमा रहेको चीन, उर्जा स्रोतको सुधार र परिवर्तन, पदार्थको आपूर्ति, महामारीपछिको युगमा रहेको उपभोग्यको प्रवृत्ति, प्रकृति र जलवायुको संरक्षण र सिर्जनशीलताको गुरूयोजना आदि समावेश छन्।