ग्रीष्म डाभोसबाट जीवन्त चिनियाँ आर्थिक शक्तिको अनुभव गरौँ
2023-06-27 10:07:58cri
Share with:

जुन २७ तारिख विश्वका लगभग १०० वटा मुलुक र क्षेत्रका १५००जना राजनैतिक, वाणिज्य व्यक्तित्व तथा विद्वानहरूले चीनको थ्यान चिन सहरमा १४औँ ग्रीष्म डाभोस मञ्चको भाग लिँदै छन्।

१७ वर्षअघि चीनद्वारा स्थापित ग्रीष्म डाभोस मञ्च चार वर्षपछि यस वर्ष पुनःशुरू गरिएको हो। चिनियाँ आर्थिक विकासको प्रवृत्तिबारे छलफलसँगै विश्व आर्थिक विकासलाई प्रेरणा दिन यो ग्रीष्म डाभोसले विश्वसमक्ष गहिरो प्रभाव पार्दै जाने छ।

पहिला, डाभोस मञ्चलाई विश्व आर्थिक मञ्चका अध्यक्ष क्लाउस श्वाबले सन् १९७१मा स्थापना गरेको युरोप व्यवस्थापन मञ्च मानिन्थ्यो। पछि, सन् १९८७मा डाभोस मञ्चको नाम परिवर्तन गरिएको थियो। सन् १९७९मा चीनले पहिलो पटक डाभोस मञ्चकालागि निमन्त्रणा प्राप्त गरेको थियो। चीनको अन्तर्राष्ट्रिय स्थान उकास्नुका साथै डाभोस मञ्चमा चीनसम्बन्धी विषय दिन प्रतिदिन बढ्दैगएको छ। सन् २००७ मा पहिलो ग्रीष्म डाभोस मञ्च चीनको ताल्यान सहरमा आयोजित भएपछि उक्त मञ्च ताल्यान र थ्यानचिन यी दुई सहरमा एकपछि अर्को गरी आयोजना गरिँदैआएको छ।