#अल्पसंख्यक जाति# हिमाली क्षेत्रको कुखुराको अध्ययन तथा विकास-1
2023-06-27 15:56:05CRI
Share with:

तिब्बती कुखुरा उचाइसँग अनुकूल छ। यो तिब्बती विशेषतायुक्त पनि छ। करिब एक हजार वर्षअघिको पुस्तकमा समेत तिब्बती कुखुरासम्बन्धि लेख लेखिएको छ। तिब्बती कुखुराको आकार तुलनात्मक रूपमा सानो हुन्छ तर यसको स्वभाव जंगली हुनुका साथै फुर्तीलो पनि हुन्छ। यसको मासु स्वादिलो हुनुका साथै ज्यादै पोषिलो पनि हुन्छ। हाल यो तिब्बती कुखुरा चिनियाँ पंक्षीको आनुवंशिक स्रोत नामावलीमा सूचिकृत भएको छ। आजको कार्यक्रममा म तिब्बती कुखुराको अध्ययन तथा विकासको बारेमा जानकारी दिने छु।

 

मा श्वेयिङ चिनियाँ तिब्बत स्वायत्त प्रदेशीय कृषि तथा पशुपालन एकेडेमीअन्तर्गत पशु तथा जनावर चिकित्सा अनुसन्धानका अनुसन्धाता हुनुहुन्छ। साथै उहाँ तिब्बत स्वायत्त प्रदेशीय पशुपालन(पंक्षी)सम्बन्धी प्रथम विशेषज्ञ एवम् तिब्बती पंक्षीको आनुवंशिक स्रोत समितिका सदस्य एवम् चिनियाँ कुखुरा तथा अण्डा उद्योग प्रविधि प्रणालीअन्तर्गत ल्हासा परीक्षण स्टेशनका प्रमुख हुनुहुन्छ। केही वर्षयता उहाँले विभिन्न गाउँमा घुमेर पालन प्रविधि, महामारीको प्रतिरक्षा तथा उद्धार प्रविधि र केन्द्रिय सरकार तथा तिब्बती सरकारको कृषि सुविधा नीतिबारे जानकारी तथा व्याख्या गर्दैआउनुभएको छ। 

बुवा-आमाको प्रभावमा बाल्यकालदेखि नै मा श्वेयिङले कृषि तथा पशुपालनप्रति चासो राख्नु हुन्थ्यो। उहाँ उत्तर-पश्चिमी कृषि-वनस्पति विज्ञान तथा प्रविधि विश्वविद्यालयमा भर्ना हुनुभएको थियो। विश्वविद्यालयबाट स्नातक भएपछि उहाँले तिब्बत स्वायत्त प्रदेशीय कृषि तथा पशुपालन एकेडेमीअन्तर्गत पशु तथा जनावर चिकित्सा अनुसन्धानमा घरेलु पंक्षीको अध्ययन थाल्नुभएको छ। उहाँले ल्हासा सेतो कुखुराको वैज्ञानिक अध्ययन कार्यमा विशेष ध्यान दिनुभएको छ। 

“सन् १९५८ मा तिब्बतले अरू किसिमका कुखुरा भित्र्याएर तिब्बती कुखुरासँग हाइब्रिडसमेत गरेको थियो। सुरूदेखि नयाँ किसिमको सिर्जनासम्म ६३ वर्ष भएको छ। र मैले यो अनुसन्धानमा भाग लिएको ३२ वर्ष भइसकेको छ।” 

तर सन् २००५ मा बर्ड फ्लुका कारण अनुसन्धान गरिरहेका सबै कुखुरालाई समेत बाध्यात्मक रूपमा मारिएको थियो।

“हाम्रो अनुसन्धानको अन्त्य भयो। सबै अनुसन्धान शुन्य बन्यो। यो हाम्रो अनुसन्धान कार्यमा भेटेको सबैभन्दा भयंकर कठिनाइ हो।” मा श्वेयिङले यसरी भन्नुभयो।

“अनुसन्धान निरन्तर गर्नका लागि अलिकति पूँजी पाएपछि हामीले शाननान शहरीय नाइ तुङ क्षेत्रका सर्वसाधारणबाट लगभग २०० कुखुरा किनेर लिनच शहरमा अर्को पशुपालन केन्द्रको स्थापना गरेका थियौँ। ल्हासाबाट शाननानसम्म र फेरि ल्हासा फर्केर लिनच जाने, साथै बाटोको अवस्था त्यति नराम्रो भएका हुनाले हामी अरू विविध अनुमान नै गर्न नसकिने कठिनाइ भेटेका थियौँ।तर हामी अडिग भए लागेका थियौँ। क्रमशः कुखुराको समूहको फेरि विस्तार गरेका छौँ।”