#सी चिनफिङका शास्त्रीय भनाइहरू# दशौँ भाग
2023-06-27 15:30:35CRI
Share with:

 चिनियाँ राष्ट्रिय पुनरुत्थानको पछाडि कुन महत्त्वपूर्ण शक्ति लुकेको छ? 

"आकाश निरन्तर गतिमान छ, प्रबुद्धहरू निरन्तर परिश्रम गर्छन्" भन्ने वाक्य चिनियाँ जनताले युगौँयुगदेखि मान्दै आएको सिद्धान्त हो। चीनद्वारा सुधार र खुलापन नीति लागू गरिएको ४० वर्ष भइसकेको छ। सुधार र खुलापनको प्रतीकको रूपमा रहेको शन चन शहरमा सुधार र खुलापनसम्बन्धका कथाहरू र त्यसमा संलग्न मानिसहरू अझै प्रशस्त भेटिन्छन्। हाल, याङ च ह्वा नामका एक चिनियाँले आफ्नो सपना बोकेर शन चन पुगी सपनालाई सत्य र साकार बनाउन प्रयास गरिरहेका छन्।