सी चिनफिङबाट राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर
2023-06-28 20:00:45CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २८ तारिख छैटौँ तथा सातौँ राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर गर्नुभएको छ।

छैटौँ राष्ट्राध्यक्ष आदेशका अनुसार, “जन गणतन्त्र चीनको बाधा-मुक्त वातावरणको निर्माण कानुन” राष्ट्रिय जन काँग्रेसको १४ औं स्थायी समितिको तेस्रो बैठकबाट जुन २८ तारिख पारित भएको हो। यो सेप्टेम्बर १ तारिखदेखि कार्यान्वयन हुनेछ। 

सातौँ राष्ट्राध्यक्ष आदेशका अनुसार, “जन गणतन्त्र चीनको वैदेशिक सम्बन्ध कानुन” राष्ट्रिय जन काँग्रेसको १४ औं स्थायी समितिको तेस्रो बैठकबाट जुन २८ तारिख पारित भएको छ। यो जुलाइ १ तारिखदेखि कार्यान्वयन हुनेछ।