राष्ट्राध्यक्ष सी चिनफिङद्वारा “कु लिङ युआन” चीन-अमेरिका लोक क्षेत्रीय मैत्रीपूर्ण मञ्चलाई शुभकामना पत्र
2023-06-28 14:58:53CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २८ तारिख “कु लिङ युआन” चीन-अमेरिका लोक क्षेत्रीय मैत्रीपूर्ण मञ्चलाई शुभकामना पत्र पठाउनुभएको छ।

 

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले “कु लिङ मित्र” का सदस्यहरूको चिट्ठी प्राप्त भएकोमा आफुलाई निकै खुसी लागेको बताउँदै चिट्ठीमार्फत कु लिङसँग सम्बन्धित अझ धेरै घतलाग्दा र रोचक कथाहरू पाएको औँल्याउनुभएको छ। चीन र अमेरिका दुवै देशका जनताले अवश्य नै व्यवस्था, संस्कृति र भाषाको भिन्नता पार गरी घनिष्ट मित्रताको स्थापना गर्नसक्ने पनि उहाँले पत्रमा उल्लेख गर्नुभएको छ।

 

“कु लिङ मित्र” को कथामार्फत के प्रमाणित भएको छ भने चीन र अमेरिका दुवै देशका जनताले अवश्य नै व्यवस्था, संस्कृति र भाषाको भिन्नता पार गरी घनिष्ट मित्रताको स्थापना गर्नसक्ने छन्, उहाँले पत्रमा उल्लेख गर्नुभएको छ।

 

“कु लिङ युआन” चीन-अमेरिका लोक क्षेत्रीय मैत्रीपूर्ण मञ्च २८ तारिख फु चेन प्रान्तको फु चौ शहरमा आयोजना गरिएको छ। त्यसको मुख्य नारा “मित्रताको ज्योति हस्तान्तरण गरी सँगै मिलेर सुमधुर भविष्यको सिर्जना गरौँ” भन्ने रहेको छ। सो मञ्च चिनियाँ जनता वैदेशिक मैत्री संघ र फु चेन प्रान्तीय जन सरकारको संयुक्त तत्वावधानमा आयोजना गरिएको हो। “कु लिङ मित्र” का केही सदस्य र चीन तथा अमेरिका दुवै देशका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।