सिन्च्याङ बारेमा जापानी पर्यटकहरुको अनुभव
2023-06-28 16:59:46CRI
Share with:

जुन २७ तारिख अपरान्ह जापानी किशोरी वातानाबे युमीले साथीहरसँग सिन्च्याङको यात्रा समाप्त गरेकी छिन्। नौ दिनमा बीस जनाबाट गठित उक्त जापानी पर्यटन मण्डलले ऊरुमुछी, थुलुफान, खुअरल, खाशीको भ्रमण गरी सिन्च्याङको रीतिरिवाज र जातीय सँस्कृतिको अनुभव गरेका छन्।

सिन्च्याकङ भ्रमण गर्ने जापानी पर्यटन मण्डलका सदस्यहरूमा ७० र ८० वर्षीय बृद्धबृद्धासँगै प्राथमिक विद्यालयका विद्यार्थी पनि समावेश छन्। सिन्च्याङ जानुअघि सिन्च्याङबारे जापानी सञ्चार-माध्यमको नकारात्मक जानकारीबाट गलत बुझाइ रहेको उनीहरूको महसूस छ। त्यसैले ती सामान्य जापानी पर्यटकहरू सिन्च्याङ गएका हुन्।



पर्यटन मण्डलले सिन्च्याङमा उद्योग-व्यवसाय, दृश्य क्षेत्र, पुरानो सडकको अवलोकन गरेका छन्। पर्यटन मण्डलका सदस्यहरूले सिन्च्याङका सर्वसधारणसँग विहान कसरत गरेका, विवाह समारोहमा भाग लिएका र सिन्च्याङका सर्वसाधारणको दैनिक जीवनको अनुभव गरेका छन्। जापानी बृद्ध मोमो तारोले सिन्च्याङलाई माया गरेका छन्। अर्का जापानी पर्यटक सुगियामा शुन्चोकाअनुसार, सिन्च्याङको यस पटकको भ्रमण प्राचीन रेशमी मार्गमा पुनःपुगेको महसूसजस्तै छ। उनीहरूले सामाजिक सञ्जालमा बाँडेका सामग्री हेरेपछि जापानी इन्टर्नेट प्रयोगकर्ताहरूले टिप्पणी गर्दै सिन्च्याङ केही पश्चिमी सञ्चार-माध्यमले लेखेको सिन्च्याङसित फरक भएको कुरा व्यक्त गर्नुका साथै चीन जाने अपेक्षा गरेका छन्।

चीनले अझै धेरै विदेशी साथीलाई भविष्यमा सिन्च्याङको भ्रमणमा स्वागत गरेको छ। सुन्दर, धनी, शान्त सिन्च्याङ साँच्चै सिन्च्याङको पहिचान हो।