विश्व अर्थतन्त्रका आवश्यक छ चीन
2023-06-29 14:50:22CRI
Share with:

विश्वास कसरी पुन:स्थापित गर्ने र आर्थिक बृद्धिलाई कसरी तेज पार्ने भन्ने विषय हाल अन्तर्राष्ट्रिय समुदायले उच्च महत्व दिएको र जरूरी रूपमा समाधान गर्न चाहेको समस्या रहेको छ। चीनको अर्थतन्त्रको सर्वेक्षण गर्ने र चीनसित आदानप्रदान र सहकार्यलाई सबल पार्ने एउटा राम्रो चौतारोका रूपमा रही सन् २०२३ ग्रीष्मकालीन दाभोस मञ्चले भियतनाम, बार्बाडोस, मङगोलिया र न्युजिल्याण्डका प्रधानमन्त्री बाहेक, जिम्बावेका उद्योग-वाणिज्य मन्त्री, फिलिपिन्सका वातावरण र प्राकृतिक उर्जा उपमन्त्री लगायत अधिकांश मुलुकका उच्च पदाधिकारीहरूलाई आकर्षित गरेको छ।

भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्हका अनुसार, भियतनामले दृढताका साथ एक चीन नीतिलाई अपनाउनुका साथै सक्रियताका साथ बेल्ट एण्ड रोड प्रस्ताव र विश्वव्यापी विकास प्रस्तावको निर्माण कार्यमा भाग लिँदै जाने कुरा बताउनुभएको छ। चीनसँगै मिलेर आर्थिक, व्यापारिक, लगानी र सांस्कृतिक क्षेत्रका सहकार्यलाई गहन पारी बहुपक्षीय समन्वयलाई सबल पार्दै साझा समृद्धि लक्ष्यलाई साकार तुल्याउँदै जान भियतनाम इच्छुक रहेको कुरा पनि उहाँले औँल्याउनुभएको छ।

विश्व आर्थिक मञ्चका संस्थापक एवम् कार्यवाहक अध्यक्ष क्लाउस स्क्वाबले चीनसँगसँगै साझेदारी सम्बन्धलाई गहन पारी पारस्परिक विश्वासलाई प्रबर्द्धन गरी मानव जाति भाग्यको एकरूपताको स्थापनालाई अघि बढाउँदै जान विश्व आर्थिक मञ्च इच्छुक रहेको औँल्याउनुभएको छ।