१४औँ ग्रीष्म डाभोस फोरमको उद्घाटन
2023-06-29 09:31:46cri
Share with:

     

    

        "उद्यमीको भावना: विश्व अर्थतन्त्रको प्रवर्द्धन शक्ति" भन्ने नारासहित १४औँ ग्रीष्म डाभोस फोरम जुन २७ तारिखदेखि चीनको थ्येनचिनमा सुरू भएको छ। चार वर्षपछि उक्त फोरम अफलाइन आयोजना भएको यो पहिलो पटक हो। फोरममा राजनीतिज्ञ, व्यवसायी, शिक्षाविद् तथा सामाजिक संस्था र अन्तर्राष्ट्रिय संस्थाका व्यक्तित्व गरी १,५०० भन्दा बढी अतिथिहरू सहभागी भएका छन्। फोरमको पहिलो दिन, विभिन्न देशका सहभागीहरू बहुविषयका चुनौतीहरूको सामना गर्न विश्वव्यापी सहयोगमा केन्द्रित थिए।

      २७ तारिख आयोजित "चुनौतीको प्रत्यक्ष सामना गर्दै: कमजोर वातावरणमा पुन: वृद्धि सुरु गर्ने" विषयक उप-मञ्चमा सहभागीहरूले संकटमा विश्वव्यापी सहयोगको महत्त्वमा जोड दिएका थिए। न्युजिल्याण्डका प्रधानमन्त्री हपकिन्सले जलवायु परिवर्तन लगायतका वर्तमान विश्वव्यापी चुनौतीहरुको सामना गर्न न्युजिल्यान्डले खुला र सहयोगी विचारधारा कायम राख्ने बताउनुभएको छ। उहाँका अनुसार न्युजिल्यान्ड समग्र रूपमा खुला र अग्रगामी छ। यद्यपि केही साझा चुनौतीहरू र धेरै अनिश्चितताहरूको सामना गरे तापनि न्युजिल्यान्डले अझै बाहिर हेर्नुपर्छ। बहुपक्षीय र द्विपक्षीय अन्तर्राष्ट्रिय व्यापार र सहयोगमार्फत जलवायु परिवर्तनको सामना गर्न जोड दिनुपर्छ। किनभने जलवायु परिवर्तनले विश्वव्यापी जनसंख्याको रूपरेखा र संरचनालाई असर गर्छ, जुन आगामी १० वर्षमा अझै बढ्दै जाने छ।

     भियतनामी प्रधानमन्त्री फाम मिन्ह ट्रुङले पनि विश्वले अहिले आर्थिक मन्दी र मुद्रास्फीति, भूराजनीति र विकासोन्मुख देशहरूको अनुकूलता जस्ता चुनौतीहरूको सामना गरिरहेको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार विभिन्न देशहरूले "वैश्विक चुनौतीहरू" सामना गर्न र बहुपक्षीयता कायम राख्न "वैश्विक दृष्टिकोण" अपनाउनुपर्छ।

अर्थतन्त्रलाई चलाउने एउटा महत्त्वपूर्ण इन्जिनको रूपमा रहेको व्यापार पनि त्यस दिनको बैठकको मुख्य विषयहरूमध्ये एक थियो। विभिन्न देशका अतिथिहरूले विभिन्न चुनौतीहरूको सामना गर्दै आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने जस्ता मुख्य विषयहरूमा गहिरो छलफल गरेका थिए। चीनको राज्य परिषद्को राज्य स्वामित्वमा रहेको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगका निर्देशक चाङ युचुओका अनुसार विश्व अर्थतन्त्रले अहिले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। तर चीनले अझै पनि आफ्नै निश्चितताको प्रयोग गर्दै विश्व अर्थतन्त्रको अनिश्चितताको सामना गरिरहेको छ र विश्व आर्थिक वृद्धिका लागि योगदान सिर्जना गर्दैआएको छ। साथै उहाँले औँल्याउनुभएको छ कि व्यापारमा बाधाहरु र व्यापार स्थगित तथा बिच्छेद गरिने अभ्यासले वैश्विक आर्थिक र व्यापार सहयोगमा नकारात्मक असर परेको छ।

   व्यापार बिच्छेदबाट हुने हानीको सम्बन्धमा विश्व व्यापार संगठनका महानिर्देशक इवेलालेले जोड दिनुभएअनुसार वर्तमान विश्वव्यापी व्यापार वृद्धि सुस्त भएको देखिन्छ। यदि व्यापार बिच्छेद हुने अवस्था रह्यो भने विश्वव्यापी अर्थतन्त्र अझ खराब हुने छ। जसले सबै देशहरूमा ठूलो प्रभाव पार्ने छ। उदीयमान बजारहरू र विकासशील अर्थतन्त्रहरूमा अझ बढी प्रभाव पार्ने छ। त्यसैले व्यापार बिच्छेद हुनुबाट जोगाउन जोड दिनुपर्छ।