ग्रीष्मकालीन दाभोस मञ्चमा सहभागी भएकाहरूद्वारा “चीनको बृद्धि कथा”बारे ब्याख्या
2023-06-29 17:33:16CRI
Share with:

“मैले आगामी दश वर्षमा चीनमा सयौं कारखाना खोल्ने योजना बनाएको छु।” डेनमार्कका हेनरिक स्टाम क्रिस्टेनसेन खाद्य-पदार्थ विज्ञान कम्पनीका संस्थापक हुनुहुन्छ। उहाँले चौधौँ ग्रीष्मकालीन दाभोस मञ्चमा उक्त कुरा बताउनुभएको हो। उहाँले “विश्व दृष्टिकोण”का टिप्पणीकारसँग अन्तर्वार्ता दिँदै चीनको ठूलो बजार र मजबूत रसद प्रणालीले उहाँलाई चीनमा उत्पादन केन्द्रको निर्माण गर्न आकर्षित गरेको कुरा बताउनुभयो।

थ्येनचिनमा आयोजना भैरहेको ग्रीष्कालीन दाभोस मञ्चले करीब १०० वटा मुलुक तथा क्षेत्रको राजनीति र वाणिज्य क्षेत्रका १५०० जनालाई सहभागी हुन आकर्षित गरेको छ।

विश्वको दोस्रो ठूलो आर्थिक समूह र सामान व्यापारको कुल रकम लगातार छ वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको चीन सबै जनाले ध्यान दिएको विषय बनेको छ। विगत दश वर्षमा चीनको अर्थतन्त्रको वार्षिक बृद्धि दर ६.२ प्रतिशत पुगेको छ। विश्व अर्थतन्त्रप्रति चीनको अर्थतन्त्रको औसत योगदान दर ३० प्रतिशतभन्दा बढी पुगेको छ। चीन विश्वको आर्थिक बृद्धिलाई अगाडि बढाउने सबैभन्दा महत्वपूर्ण इन्जिन बनेको छ।

हाल चीनले बाह्य खुलापनलाई निरन्तर रुपमा विस्तार गरिरहेको छ। चालु वर्षको उत्तरार्द्धमा “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च, चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो, पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला प्रबर्द्धन एक्स्पोको आयोजना गरिनेछ।

चीनले चिनियाँ शैलीको आधुनिकीकरणलाई अगाडि बढाउनुका साथसाथै विश्वले सहयोगको अझै धेरै मौका बाँड्ने छ।