साउदी अरेबियामा सात वर्षसम्म काम गर्नुभएका चिनियाँ युवा पाइ वन पो
2023-06-30 09:40:02cri
Share with:

 

“बेल्ट एण्ड रोड” प्रस्तावले प्रस्तुत भएको दश वर्ष यता यसमा आवद्ध मुलुकका जनतालाई लाभ दिनुका साथै विश्वलाई साझा समृद्धि र मानव भाग्य समुदायको सिर्जना गर्ने सुन्दर इच्छातर्फ जान अगाडि बढाएको छ।

 

 “मेरो नाम पाइ वन पो हो। चालू वर्ष म तीस वर्षको भएँ। म चाइना टेलिकम अन्तर्गत साउदी अरेबिया शाखामा काम गर्छु। हाल म महाप्रबन्धक हुँ।”

 

सन् २०१६मा पाइ वन पो सी आन पेट्रोलियम विश्वविद्यालयबाट स्नातक हुनुभयो। विश्वविद्यालयबाट स्नातक भएपछि उहाँ साउदी अरेबिया जानुभयो। उहाँ भन्नुहुन्छ “साउदी अरेबिया आउनुअघि मेरो लक्ष्य सञ्चार ईन्जिनियर बन्नु थियो। किनभने म कम्युनिकेसन इन्जिनियरिङ विषयबाट स्नातक भएको हुँ। मैले विश्वविद्यालयबाट सिकेको ज्ञानलाई वास्तविक काममा प्रयोग गर्ने आशा लिएँ। विदेशमा कामको दायरा फराकिलो छ। मैले उच्च मञ्चमा संसार हेर्नसक्ने छु।”

 

साउदी अरेबियामा काम गर्नुभएका ती वर्षहरूमा पाइ वन पोले धेरै चुनौतीको सामना गर्नुभयो। तर उहाँले पूरा गर्न गाह्रो भएको लक्ष्य पूरा गर्नुभयो। हाल पाइ वन पोले जिम्मा लिनुभएको यो परियोजना चीनको पछिल्लो फाइव जी प्रविधिलाई साउदी अरेबिया ल्याउनु हो। यो परियोजनाले स्थानीय सर्वसाधारणलाई डिजिटल सेवाको उपभोग गराउनुका साथै चीनको प्रविधिलाई धेरै मानिस समक्ष पुर्याउनसक्नेछ। उहाँ भन्नुहुन्छ “उत्पादित वस्तुको प्रविधिबाट हेर्दा हाम्रो चिनियाँ ट्रेड मार्का युरोप र अमेरिकाको ट्रेड मार्काभन्दा फरक छैन। हाम्रो डी.सी.परियोजनाबाट स्थानीय सर्वसाधारणले इन्टर्नेटको सुविधाको उपभोग गर्न सक्छन्।”

 

दैनिक काममा पाइ वन पोले साउदी अरेबियाका सहकर्मी र साथीसँग आदान-प्रदान गर्नुभएको छ। उनीहरूले गहिरो सम्बन्ध गाँसेका छन्। उहाँकाअनुसार, स्थानीय सर्वसाधारणले उहाँको काम क्षमताको प्रशंसा गरेका छन्। उहाँले पनि ती प्रशंसाबाट कामको अर्थको अनुभव गर्नुभएको छ।

 

पाइ वन पोकाअनुसार, धेरै वर्षहरूमा विदेशमा काम गर्दाको अनुभव उहाँको एक मूल्यवान सम्पदा हो। हाल चीनले उहाँजस्तै विदेशमा काम गर्ने युवा निर्माणकर्ताहरूका लागि युवा विकास योजनाआदि चौतारोको खडा गरेको, विदेशमा काम गर्ने युवा निर्माणकर्ताहरूका लागि क्षमतालाई माथि उकास्न मद्दत दिएको छ। उहाँ भन्नुहुन्छ “विदेशमा काम गरेको अनुभवका कारण मैले अझै उच्च मञ्चमा संसार हेरेको छु। विदेशमा काम गर्ने चिनियाँहरू चिनियाँहरूको क्षमताको प्रतिनिधित्व गर्छन्। हामीले गरेको कामले अन्तर्राष्ट्रिय मञ्चमा चीनको सञ्चारको निर्माण स्तरको प्रतिनिधित्व गर्छ। हाम्रो दायित्व ठूलो भएको मैले महसुस गरेको छ।”