विदेशी सञ्चार माध्यमबाट डाभोसको सक्रिय मूल्याङ्कन
2023-06-30 08:00:06CRI
Share with:

तीन दिने १४ औँ गृष्म डाभोस मञ्च जुन २९ तारिख चिनियाँ थ्यानचिन शहरमा सम्पन्न भएको छ। बहुसंकटबाट प्रभावित पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सहकायको प्रवर्द्धन गर्न र आर्थिक वृद्धिको नयाँ इन्जिन खोज्नका लागि यो मञ्चको महत्वपूर्ण अर्थ रहेको मानिन्छ। 

भियत्नाम न्युज एन्जेसीका अनुसार, यो वार्षिक मञ्च विश्वको अर्थतन्त्रका सामु धेरै चुनौती देखापरेको र विश्वको परिस्थिति जटिल तथा परिवर्तित भएको पृष्ठभूमिमा आयोजित भएको हो। जसको लक्ष्य एशिया तथा विश्वको नयाँ सिर्जना तथा स्वरोजगार भावना प्रोत्साहन गर्नुका साथै स्वस्थ तथा दिगो विकासको अर्थतन्त्र पुनःसुरू तथा विकास गर्ने मार्ग रोख्नु र चीन तथा एशियाको अर्थतन्त्रबारे मूल्याङ्कन गर्नु हो। 

मंगोलिया न्युज एजन्सीले डाभोसमा सहभागी प्रतिनिधिहरूले अर्थतन्त्र वृद्धि, नयाँ प्रविधि तथा दिगो विकास लगायत विषयबारे व्यापक रूपमा वैचारिक आदानप्रदान गरेका जानकारी दिएको छ।