ग्रीष्मकालीन दाभोस मञ्चमा रहेका महिला प्रतिनिधिहरू
2023-06-30 14:50:20CRI
Share with:

 

भर्खरै सम्पन्न भएको थेन चिन ग्रीष्मकालीन दाभोस मञ्च २०२३ अन्तर्गत एशियाली महिला व्यवसायी शीर्षकको संवार्तामा चीन, पाकिस्तान र मलेसिया आदि मुलुक र क्षेत्रका देशी र विदेशी महिला व्यवसायीहरू सहभागी भएका छन्। उनीहरूले महिलाको निर्देशनात्मक शक्ति, लैङ्गिक विभेद घटाउन र लैङ्गिक समानताको दिगो प्रगति लगायतका विविध विषयबारे विचार विमर्श गरेका छन्। 

महिला शक्ति निरन्तर रूपमा बढ्दै आएको सिलसिलामा झन् झन् बढी महिलाहरू नेतृत्वमा आएर आ-आफ्नो व्यक्तिगत विशेषता, निर्णात्मक शक्ति र प्रभावकारी शक्तिमार्फत विभिन्न व्यवसायलाई सफलतातिर नेतृत्व गर्दै जानेछन्।

 

एशिया विश्व आर्थिक बृद्धिको इन्जिन बन्नुका साथसाथै झन् झन् बढी महिला व्यवसायीहरूले त्यस क्रममा झन् झन् ठूलो भूमिका पनि निर्वाह गर्दै आएका छन्।