नयाँ युग तथा नयाँ यात्रामा अझ उत्कृष्ट सैद्धान्तिक नवीनता हासिल गर्ने
2023-07-01 19:57:38CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले जुन ३० तारिख मार्क्सवादलाई चीन तथा युगसँग अनुकूल गर्ने नयाँ तह खुल्ने विषयबारे छैटौँ सामूहिक शिक्षा गरेको छ। महासचिव सी चिनफिङले उक्त सामूहिक शिक्षाको अध्यक्षता गर्नुभएको छ। उहाँका अनुसार, मार्क्सवादीलाई चीन तथा युगसँग अनुकूल गर्ने नयाँ तह खुल्ने कार्य वर्तमान चिनियाँ कम्युनिष्टहरूको ऐतिहासिक जिम्मेवार हो। चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनले ऐतिहासिक अनुभवको समीक्षा गर्ने आधारमा सैद्धान्तिक नवीनता गर्ने वैज्ञानिक तरिका प्रस्तुत तथा व्याख्या गरेको छ। जसले पार्टीको सैद्धान्तिक नवीनताका लागि मूल अनुसरण प्रस्तुत गरेको छ।