चीनले विश्वसँग कसरी सम्पर्क गर्छ? ऐनमार्फत स्पष्ट जानकारी
2023-07-01 16:00:25CRI
Share with:

जुलाई १ तारिखदेखि “जन गणतन्त्र चीनको वैदेशिक सम्बन्ध ऐन” औपचारिक रुपमा लागु भएको छ। यो नयाँ चीनको पहिलो वैदेशिक सम्बन्धको कानुन हो। यसबाट विश्वले चीनबारे अझै राम्रोसँग जानकारी लिने, चीनले मानव भाग्य समुदायको सिर्जना गर्ने दृढ विश्वासबारे जानकारी लिने, चीनले राष्ट्रिय सर्वभौमिकता, सुरक्षा, विकास हित, अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको संरक्षण गर्ने अठोट र दायित्वबारे जानकारी लिने छ।

हाल चीन र विश्वको सम्बन्धमा अभूतपूर्व परिवर्तन भएको छ। एकातिर, चीन विश्वको शान्ति र स्थिरताको संरक्षण गर्ने टेवा र विश्वको आर्थिक बृद्धिलाई बढाउने मुख्य शक्ति बनेको छ। अर्कातिर, चीनको विकासको सामु जटिल अन्तर्राष्ट्रिय परिस्थिति देखापरेको छ। 

तथ्याङ्क अनुसार, यो ऐनमा “आदान-प्रदान र सहयोग”, “मैत्रीपूर्ण आदान-प्रदान”, “अन्तर्राष्ट्रिय सहयोग”सम्बन्धी कुरा समावेश छन्। “वैदेशिक सम्बन्धको विकास, मैत्रीपूर्ण आदान-प्रदानको प्रबर्द्धन”, “विश्वको विकास प्रस्ताव, विश्वको सुरक्षा प्रस्ताव, विश्वको सभ्यता प्रस्तावको पालना”आदि ब्याख्याबाट चीन र विश्वबीचको सम्पर्क मैत्रीपूर्ण भएको प्रतिविम्वित भएको छ।

हाल विश्व नयाँ द्वन्दव र सुधार अवधिमा प्रवेश भएको छ। यो ऐनबाट विश्वले राम्रोसँग चीनबारे जानकारी लिने, विश्वास गर्ने छ।