डिजिटल युगमा नेपालः भविष्यको ढोका फराकिलो हुँदै #समाचार सन्दर्भ
2023-07-02 08:00:06CRI
Share with:

हालै सम्पन्न पाँचौँ तिब्बत पर्यटन तथा संस्कृति अन्तर्राष्ट्रिय एक्स्पोमा भाग लिएका हरेक नेपाली व्यापारीले वीच्याट पे र आलिपे पेमेन्टको क्यूआर कोड आफ्नो स्टलमा राखे जुन उनीहरूको डिजिटल वालेट हो। त्यसपछिको जुन २२ तारिख नेपाल केन्द्रीय बैंकले नेपालमा वीच्याट पे सुरु भएको जनाएको छ जसले नेपाल र चीन बीचको व्यापार तथा पर्यटन प्रवर्द्धनलाई थप बढ्ने कुरामा कुनै शंका छैन। जुन २३ तारिखका दिन काठमाडौँमा आयोजित डिजिटल नेपाल सम्मेलनमा, डिजिटल अर्थ र डिजिटल सेवाको विकासलाई प्रोत्साहन गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारी नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो। ती शृङ्खलाबद्ध कदमहरूबाट भविष्यप्रतिको नेपालको गहिरो अन्तरदृष्टि भएको साथै डिजिटल अर्थतन्त्र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग बनेकाले नेपालले भविष्यको ढोका खोलिरहेको पनि देखाइएको छ।

डिजिटल अर्थको विकास गर्दा, विशेष गरी डिजिटल विश्वमा "छुट्याइएको डिजिटल टापु" बन्नुबाट जोगाउनको लागि पूर्वाधारहरूको निर्माणमा प्राथमकिता दिनुपर्छ। यसै क्षेत्रमा चीन र नेपालले सम्बन्धित कामलाई सुरु गरिसकेका छन्। सन् २०१३ देखि चीन र नेपालले अप्टिकल केबल इन्टरकनेक्सन सहयोग गर्दै आएका छन्। यसै क्रममा सिगात्चे हिमपात विपत्ति,नेपाल विनाशकारी भूकम्प र भारी वर्षा जस्ता विभिन्न कठिनाइलाई पार गर्दै अन्ततः सन् २०१७ मा, नेपालले चिनियाँ अप्टिकल केबलमार्फत इन्टरनेट जोड्दै नेपाली ग्राहकहरूको लागतलाई प्रभावकारी रूपमा कम पारियो। जसबाट डिजिटल अर्थको विकासको लागि जग पनि बसालिएको छ। साथै चीन र नेपाल बीच सीमापार डिजिटल व्यापारको मार्गलाई सुदृढ बनाइएको छ।

सन् २०२३ को अप्रिलमा चीनको च च्याङ प्रान्तीय यीऊ उद्योग तथा वाणिज्य व्यावसायिक प्रविधि कलेज र नेपालको वर्ल्ड कल्चर नेटले संयुक्त रुपमा निर्माण गरेको नेपाली इ-वाणिज्य प्रत्यक्ष प्रसारण कलेज यीऊ शहरमा अनावरण गरियो। उक्त कलेजले नेपाली युवायुवतीलाई अन्तर्देशीय इ-वाणिज्य प्रत्यक्ष प्रसारण सिक्नका लागि चौतारोको सिर्जना गर्ने छ। यसबाट नेपाली युवायुवतीले विश्वको डिजिटाइजेसन सिक्नसक्ने र डिजिटल अर्थतन्त्रको विकास गर्नका लागि शक्ति उपलब्ध गराउने छ।

केही दिनअघि आयोजना भएको डिजिडल नेपाल सम्मेलन ह्वावै कम्पनी अन्तर्गत नेपाल शाखाले आयोजना गरेको हो। यो सम्मेलनले नेपाल र अन्तर्राष्ट्रिय डिजिटल प्रविधि क्षेत्रका विशेषज्ञ र उद्योग-व्यवसायबीचको आदान-प्रदान र सहयोगको मौका उपलब्ध गराएको, प्रवितिको नवप्रवर्तन र अनुभव आदानप्रदान गरेको छ।

डिजिटल अर्थतन्त्रको विकास बाटोमा चीन र नेपालले सधैँ नै हात मिलाएर डिजिटलको विश्वव्यापीकरणबाट दुई मुलुकमा परेको मौका र चुनौतीको सामना गरिरहेका छन्। डिजिटाइजेसन युगमा व्यापारले सिमानाको बाधा पार गर्ने छ। डिजिटल आधारभूत प्रबन्ध, डिजिटल वरिष्ठ व्यक्तिको तालिमआदि क्षेत्रहरूमा चीन र नेपालले सहयोग र आदान-प्रदान गरेका छन्। यसले आगामी दिन डिजिटल व्यापारको नियम, डिजिटलको संरक्षणआदि क्षेत्रहरूबारे छलफल गर्न र द्विपक्षीय हितको साझा विजयीको सिर्जना गर्नका लागि जग बसाल्ने छ।

भविष्यतर्फ जाने ढोका नेपालअगाडि खोलिसक्यो।