हिमालयमा बतासको पछि लाग्ने चेली
2023-07-03 09:33:55CRI
Share with:

       यो साइकल चलाउने चेलीको नाम केल्साङ छ्युचन हो। उनी तिब्बतको लात्सेमा काम गर्छिन्। सामान्य दैनिक कामभन्दा उनको साइकलको कथाबारे वरपरका मानिसहरूले धेरै चर्चा गर्ने गरेका छन्। उनी र साइकलबीचको सम्बन्ध एउटा दुर्घटनाबाट सुरु भएको हो। सन् २०१६ अप्रिल २९ तारिख उनले आफ्नो प्रेमीसँग विवाह गरेकी थिइन् तर त्यसको एक महिनापछि उनको श्रीमानको आकस्मिक रुपमा निधन भएको थियो। आफ्नो दु:ख कम गर्न उनी प्रायः साइकल चलाउँछिन्।