शाङ्हाई सहयोग सङ्गठन विकासका लागि दिशानिर्देश
2023-07-05 14:42:47cri
Share with:

 

जुलाई ४ मा शाङ्हाई सहयोग सङ्गठनका राष्ट्र प्रमुखहरूको परिषद्को बैठक भिडियोमार्फत आयोजना भएको छ। उक्त अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो सम्बोधन गर्दै विश्व शान्ति र विकासमा थप निश्चितता र सकारात्मक ऊर्जा सिर्जना गर्न शाङ्हाई सहयोग सङ्गठनले एकताबद्ध र सहयोग गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ।

शाङहाई सहयोग सङ्गठनको स्थापना सन् २००१ मा भएको थियो। विगत २२ वर्षमा यस सङ्गठन विश्वको सबैभन्दा ठूलो क्षेत्र, सबैभन्दा ठूलो जनसङ्ख्या र बलियो शक्ति भएको एक व्यापक क्षेत्रीय सङ्गठनका रूपमा विकास भएको छ। यस सङ्गठनको स्थापना मानवजातिको साझा भविष्य भएको समुदायको अवधारणाको एक सकारात्मक अभ्यास हो। आजको संसार सामु एक शताब्दीको परिवर्तनहरू द्रुत गतिमा भइरहेको छ। 

मानव समाजले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छ। एकता वा विभाजन ? शान्ति वा द्वन्द्व ? सहकार्य वा भिडन्त ? यी प्रश्नको सामना गर्दै शाङ्हाई सहयोग सङ्गठन विकासका लागि कहाँ जानुपर्छ? राष्ट्राध्यक्ष सीले स्पष्ट तथा निश्चित जवाफ दिनुभएनुसार सबै देशका जनताद्वार राष्ट्र जीवनप्रतिको आशा हाम्रो खोज हो। विकास, सहयोग र साझा हितसहित युग प्रवृत्ति अपरिहार्य छ।