बाढी रोकथाम र प्रकोप उद्दार कार्यमा राष्ट्राध्यक्षको महत्त्वपूर्ण निर्देशन
2023-07-05 14:40:30cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बाढी रोकथाम र प्रकोप उद्दार कार्यका लागि महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँका अनुसार हालैका दिनहरूमा छोङछिङ लगायत ठाउँहरूमा भारी वर्षा भएको र बाढी तथा पहिरो जस्ता भूगर्भीय प्रकोपहरू निम्त्याएको उल्लेख गर्दै ठूलो मानवीय र सम्पत्तिको क्षति भएको छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार हाल पूर्ण राष्ट्र बाढी नियन्त्रणको महत्वपूर्ण अवधिमा प्रवेश भएको छ। सबै तहका पार्टी समिति र सरकारहरूले बाढी नियन्त्रण र प्रकोप उद्दारको मुख्य जिम्मेवारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ, जनताको सर्वोच्चता र भूमि रक्षाको जिम्मेवारीलाई पालना गर्नुपर्छ। खास तथा प्रभावकारी रुपमा जनताको जीवन र सम्पत्तिको सुरक्षालाई पहिलो स्थानमा राख्नुपर्छ।