#अल्पसंख्यक जाति# हिमाली क्षेत्रको कुखुराको अध्ययन तथा विकास-2
2023-07-05 09:11:16CRI
Share with:

तिब्बती कुखुरा उचाइसँग अनुकूल छ। यो तिब्बती विशेषतायुक्त पनि छ। करिब एक हजार वर्षअघिको पुस्तकमा समेत तिब्बती कुखुरासम्बन्धी लेख प्रकाशित छ। तिब्बती कुखुराको आकार तुलनात्मक रूपमा सानो हुन्छ तर यसको स्वभाव जंगली हुनुका साथै फुर्तीलो पनि हुन्छ। यसको मासु स्वादिलो हुनुका साथै ज्यादै पोषिलो पनि हुन्छ। हाल यो तिब्बती कुखुरा चिनियाँ पंक्षीको आनुवंशिक स्रोत नामावलीमा सूचिकृत भएको छ।

मा श्वेयिङ चिनियाँ तिब्बत स्वायत्त प्रदेशीय कृषि तथा पशुपालन एकेडेमीअन्तर्गत पशु तथा जनावर चिकित्सा अनुसन्धानका अनुसन्धाता हुनुहुन्छ। उहाँको मण्डलले दीर्घकालमा तिब्बती कुखुराको पालन प्रविधिबारे अनुसन्धान गरेको छ। सन् २०१३ मा उहाँको अध्यक्षतामा “विशेषतायुक्त कुखुराको छनौट तथा प्रजनन र प्रभावकारी विकास तथा अनुसन्धान—ल्हासा सेतो कुखुराको प्रजनन” विषयक कार्यक्रम तिब्बत स्वायत्त प्रदेशीय विज्ञान तथा प्रविधि व्यूरोको पशु-पंक्षी प्रजनन योजनामा सूचिकृति राखिएको थियो। त्यसपछि मा श्वेयिङ र उहाँको मण्डलले सात वर्षको प्रयास थाल्नुभएको छ। तिब्बत स्वायत्त प्रदेशको तेस्रो नयाँ पशु-पंक्षी प्रकार बन्ने लक्ष्यका लागि मा श्वेयिङले प्रत्येक सालको तिहाइ समयमा लिन्च, ल्हासा, शाननानलगायत अनुसन्धान क्षेत्रमा काम गर्नुभएको छ।  

सन् २०२० सेप्टेम्बर ६२ वर्ष एवम् केही पुस्ताका वैज्ञानिक तथा प्राविधिक व्यक्तिहरूको अथक प्रयासमा ल्हासा सेतो कुखुरा सुचारू रूपमा तिब्बती कुखुरा चिनियाँ पंक्षीको आनुवंशिक स्रोत नामावलीमा सूचिकृत भएको छ। यो तिब्बतले स्वतन्त्र रूपमा प्रजनन् गरेको पहिलो नयाँ कुखुरा प्रकार हो।

 

मा श्वेयिङको जानकारीअनुसार, ल्हासा सेतो कुखुरा तिब्बती कुखुरा र अरू प्रकारका कुखुरासँग सँगै प्रजन्न गरेको हो। जससँग तिब्बती कुखुराको विशेषतायुक्त स्वाद तथा पोषण र अरू प्रकार कुखुराको उच्च उपज क्षमता दुवै पर्छ। प्रत्येक वर्ष तिब्बती कुखुराले ६०-७०वटा अण्डाको उत्पादन गर्नसक्छ। तर हिमालय सेतो कुखुराले हरेक वर्षमा २००भन्दा बढी अण्डाको उत्पादन गर्नसक्छ। साथै जसले उच्च उचाइ क्षेत्रमा कृत्रिम उत्पादनको कठिनाइको समाधान गरेको छ। त्यसको उत्पादन दर ८०-९० प्रतिशत पुगेको छ। 

किसान तथा पशुपालकको वैज्ञानिक पालन प्रविधिलाई सबल पार्नका लागि केही वर्षयता मा श्वेयिङले कृषिको फुर्सद समयमा प्रविधि तालिम र वैज्ञानिक प्रचार कार्यक्रममा भाग लिनुभएको छ। उहाँले तिब्बत स्वायत्त प्रदेशको कुखुरा व्यवसायको तिव्र गति विकास र किसान तथा पशुपालको आम्दानीको वृद्धिका लागि उत्कृष्ठ योगदान दिनुभएको छ।

सन् २०२० मा श्वेयिङ चिनियाँ महिला नमूनाको पूरस्कार जित्नुभएको छ। उहाँले भन्नुभयो-

“महिलाको हैसियतमा हामी पुरूषसँग समान उत्कृष्ट हुनसक्छौं, वा अझै श्रेष्ठ हुनसक्छौं। आफ्नै क्षेत्रमा अलि उपलब्धि हासिल गरेका हुनाले मलाई खुशी लाग्यो।”