राष्ट्राध्यक्ष सीको जवाफी चिट्ठीबाट विश्वले लेखा-परीक्षणमार्फत चीन बुझ्नसकिने
2023-07-06 19:51:36cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुलाई ४ तारिख नान चिङ लेखा-परीक्षण विश्वविद्यालयको लेखा-परीक्षण स्नात्तकोतर सम्बन्धी अन्तर्राष्ट्रिय कक्षामा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई जवाफी चिट्ठी पठाउनुभएको छ। जवाफी चिट्ठीमा राष्ट्राध्यक्ष सीले चिनियाँ सहकर्मीहरुसँगै अरु बढी आदान-प्रदान गर्न, चीनबारे जानकारी लिन, राष्ट्रहरु बीचको मित्रता तथा सहयोगलाई प्रबल पार्नका लागि सक्रिय रुपमा योगदान पुर्‍याउन विदेशी विद्यार्थीहरुलाई हौसला व्यक्त गर्नुभएको थियो। जवाफी चिट्ठीबाट अन्तर्राष्ट्रिय कक्षाका ३७ जना विदेशी विद्यार्थीहरु खुसी भएका छन्।

 

नान चिङ लेखा-परीक्षण विश्वविद्यालयको लेखा-परीक्षण स्नात्तकोतर सम्बन्धी अन्तर्राष्ट्रिय कक्षा सन् २०१६ मा स्थापना भएको थियो। त्यसले “बेल्ट एण्ड रोड” वरिपरिका ७६ मुलुकका लेखा-परीक्षण निकायका लागि २८० जना भन्दा बढी योग्य व्यक्ति हुर्कासकेको छ। तीमध्ये २०० जना भन्दा बढी विद्यार्थी स्नातक उत्तीर्ण भइसकेका छन्। उनीहरुले स्वदेश फर्केर लेखा-परीक्षण निकायमा काम गर्न थालेका छन्।

 

चालू वर्ष “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएको दशौँ वार्षिकोत्सव हो। विश्वका मुलुकहरु विशेष गरी विकासोन्मुख मुलुकहरुका लागि लेखा-परीक्षण स्नात्तकोतर अध्ययनरत विद्यार्थीहरु हुर्काउन सो प्रस्तावको एउटा उपलब्धि हो। विगत दश वर्षयता चीनले १५१ मुलुकका ३२ अन्तर्राष्ट्रिय संगठनसँग २०० भन्दा बढी सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गर्नुका साथै “बेल्ट एण्ड रोड” वरिपरिका मुलुकहरुसँग विविध किसिमको आदान-प्रदान गरेको छ।