शाङहाई सहयोग संगठनद्वारा “युगको प्रश्न” को जवाफ
2023-07-06 19:47:06cri
Share with:

जुलाई ४ तारिख इरानको औपचारिक संलग्नतासँगै शाङहाई सहयोग संगठनका सदस्य मुलुकको संख्या ९ वटा पुगेको छ। अरूलाई अलग पार्ने सानो परिधिको सट्टा सँगै मिलेर खुलस्त र सहिष्णु ठूलो परिवारको स्थापना गर्ने उद्देश्य सहित शाङहाई सहयोग संगठनले निरन्तर रूपमा एशिया-युरोपेली क्षेत्र अझ विशेषगरी विश्व शान्ति र स्थिरताका लागि सकारात्मक शक्ति प्रदान गर्दै जानेछ।

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ४ तारिख पैचिङमा भिडियोमार्फत शाङहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक परिषद्को २३ औँ सम्मेलनमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। शाङहाई सहयोग संगठनको भावी विकासका बारेमा राष्ट्राध्यक्ष सीले ५ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। ती प्रस्तावहरूमा विश्वव्यापी सुरक्षा प्रस्ताव, विश्वव्यापी विकास प्रस्ताव र विश्वव्यापी सभ्यता प्रस्ताव पनि समावेश छन्।

 

हाल अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भइरहेको सिलसिलामा निरन्तर रूपमा विकसित र समृद्ध हुँदै जाने शाङहाई सहयोग संगठनले एशिया-युरोप महाद्वीप तथा विश्व शान्ति र समृद्धिका लागि अझ बढी जीवन्त शक्ति थपिदिनुका साथै “युगको प्रश्न” का लागि शाङहाई सहयोग संगठनले विशेष जवाफ पनि दिँदै जानेछ।