अरनिकोका बारेमा अनुसन्धान गर्ने नेपाली विज्ञ गणेश जिसीसँगको अन्तर्वार्ता
2023-07-06 16:11:24CRI
Share with:

गणेश जिसी सीआरआई नेपाली सेवाका पुराना श्रोता हुनुहुन्छ। ललितकला क्याम्पसबाट स्नातकोत्तर गर्नु भएका जिसीले ‘अरनिको एसिया एक प्रस्तावना’ कृति पनि प्रकाशन  गर्नु भएको छ। गणेश जिसीसँग सहकर्मी चेतनाथ आचार्यले एउटा अन्तर्वार्ता लिनु भएको छ। यो अन्तर्वार्तालाई मैले दुई भागमा वर्गीकरण गरेकी छु। आजको साक्षात्कार कार्यक्रममा म गणेश जिसीसँगको अन्तर्वार्ताको पहिलो भाग प्रस्तुत गर्दै छौं।